९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँटी काटिएको अवस्थामा धनुषामा शव फेला



अ+ अ-

जनकपुरधाम । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा एक व्यक्तिको शव भेटिएको छ । शवको घाँटी काटिएको छ । आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको हो । 

उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी नै छ । 

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।