काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य(किरण) अस्पताल भर्ना भएका छन् ।
वरिष्ठ कम्युनिष्ट नेता समेत रहेका वैद्य स्वास्थ्यमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।
उनलाई आइतवार बिहान अस्पतालमा भर्ना गरिएको हो ।
एक्कासि दम बढेर छातीमा पीडा भएपछि उनलाई अस्पताल लगिएको बताइएको छ ।
अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको र सो क्रममा सामान्य दागसमेत देखिएको अस्पतालले जनाएको छ ।











