१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

माओवादी केन्द्रको महाधिबेशन कार्यतालीका हेरफेर

माओवादी केन्द्रको महाधिबेशन कार्यतालीका हेरफेर
file photo
अ अ+ अ-

काठमाडौं ।   नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ । मंगलवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो ।

बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप गरेको छ भने, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थप गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । उहाँले १४९ जनाको सल्लाहकार समिति बनाउने निर्णय भएको, ९९ जनाको ज्येष्ठ कम्युनिष्ट मञ्च बनाइएको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग बनाइएको, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको र १७५ जनाको विशेष समिति बनाइएको पनि बताउनुभयो ।

प्रवक्ता महराले भन्नुभयो, ‘आजको बैठकले सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ, राष्ट्रिय सम्मेलनको होइन, अन्य कामहरुको बारेमा, पार्टी सदस्यता नवीकरणको विषयमा कार्तिक २५ गतेसम्म म्याद थपिएको छ, टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।

संगठन सम्बन्धी केही निर्णयहरु भएका छन्, १४९ जनाको सल्लाहकार समिति बनाइएको छ,ज्येष्ठ कम्युनिष्ट मञ्च बनाइएको छ ९९ जनाको, विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग पहिल्यै बनाइएको छ, लेखा समिति २५ जनाको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको छ,भूगोल भन्दा बाहिर काम गर्ने साथीहरुको विशेष समिति १७५ जनाको बनाइएको छ, हामीले हाम्रो पार्टीमा प्रवेश गरेका विभिन्न सांगठनिक कुराहरुको बारेमा पनि छलफल भएको छ, यसमा कार्यदलले एउटा प्रतिवेदन प्रश्तुत गरेको छ, प्रतिवेदनमा विभिन्न ४५ साना ठूला दलहरुले निर्णय गरेका छन्, त्यस निर्णयअनुसार कार्यदलले गरेको छलफललाई अनुमोदन गरेको छ ।’

माओवादी केन्द्रको अर्को स्थायी कमिटीको बैठक कार्तिक ४ गते बिहीवार बिहान ८ बजे बस्ने प्रवक्ता महराले बताउनुभयो ।