२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो



अ+ अ-

काठमाडौँ । आइतबारदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । मनसुनपछिको वर्षाले बाढीपहिरोमा परी आइतबारयता मात्र ७७ जनाको मृत्यु भएको छ । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । यो जनधनको क्षति मनसुनको सम्पूर्ण अवधिमा भएको भन्दा बढी रहेको गृहमन्त्रालयस्थित विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार बाढीपहिरोमा परी २७ जना अझै बेपत्ता रहेका छन् भने २२ जना घाइते छन् । महाशाखाका अनुसार बुधबार साँझसम्म सबैभन्दा बढी पहिरोले मानिसको ज्यान लिएको छ । जसअनुसार पाँचथरमा पहिरोमा परी २४ जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । डोटीमा १२ जनाको पनि पहिरोले ज्यान लिएको पाण्डेले जानकारी दिनुभयो । त्यस्तै पहिरोबाट कालीकोटमा एक, बैतडीमा चार, डडेल्धुरमा एक, बझाङमा दुुई, हुम्लामा छ, सोलुखुम्बुमा एक र धनकुटामा सात जनाको मृत्यु भएको छ ।

त्यसैगरी बाढीले बगाएर प्युठानमा एक, मोरङमा एक र उदयपुरमा दुुई जनाको मृत्यु भएको छ । बझाङको भेल पहिरोमा परेर अझै २१ जना हराइरहेका छन् । त्यस्तै इलामको पहिरोमा तीन, जुम्ला र प्युठानको बाढीमा तीन जना हराइरहेका छन् । पछिल्लो विवरणअनुसार आइतबार यता प्रदेश १ मा मात्र बाढीपहिरोले ५० जनाको ज्यान लिएको छ । यसअघि मनसुनको अवधिमा बाढीपहिरोले १२६ जनाको ज्यान लिएको थियो । बाढीपहिरोका कारण देशका विभिन्न ११ जिल्लाका प्रमुख तथा सहायक राजमार्ग अवरुद्ध भएका छन् । केहीमा एकतर्फी सञ्चालनको प्रयास भएको छ ।

तीनवटा मौसम प्रणाली जुद्धा नेपालमा मनसुनपछि अत्यधिक भारी वर्षा गराएको मौसमविद्हरूले बताएका छन् । शनिबार रातिदेखि सक्रिय भएको वर्षाको मौसमी प्रणाली बिहीबारदेखि सुधारोन्मुखतर्फ अग्रसर हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम तथा पश्चिमी भेगमा वर्षा हुने क्रम रोकिएको छ । पूर्वतर्फ पनि बुधबार साँझदेखि कम हुँदै गएको छ । उहाँले बिहीबारदेखि हल्का रूपमा कतैकतै वर्षा भए पनि भारी वर्षाको सम्भावना कम रहेको जानकारी दिनुभयो ।

तर बुधबारसम्मको अविरल वर्षाले पूर्वी तराईका धेरै भेगमा डुबान, बाढी तथा पहिरोको जोखिम भने टरिनसकेको उहाँले बताउनुभयो । उहाँले अबको चार÷पाँच दिन वर्षा गराउने प्रणाली नरहेको समेत स्पष्ट पारेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।