६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८.२ प्रतिशतले लाए कोरोना खोप



अ+ अ-

काठमाडौं । नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन्। 

१८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन्। १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ।  

त्यसैगरी १५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्रा खोप लिएको तथ्यांक छ। सरकारले असोजभित्रै कुल जसनंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप दिने घोषणा गरे पनि प्राविधिक कारणले ३३ प्रतिशत पुग्न नसकेको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताए।

विश्व स्वास्थ्य संगठनले १८ वर्षमुनिका जनसंख्याका लागि कोभिड–१९ विरुद्धको खोपको अनुमति नदिएकाले खोप भएर पनि लगाउन नसकिने स्थिति भएकाले कुल जनसंख्याको ३३ प्रतिशत पुग्न नसकेको उनको भनाइ छ। ‘खोप भए पनि विश्व स्वास्थ्य संगठनले १८ वर्ष मुनिका र १२ वर्षमुनिको जनसंख्यालाई अनुमति दिइसकेको अवस्था थिएन,’ प्रमुख डा. लालले भने। तर, १८ वर्षमाथिको जनसंख्यामा भने खोप लिनेको संख्या ३३ प्रतिशत पुगिसकेको उनले बताए। तथ्यांकअनुसार १८ वर्षमाथिका ३२.६ प्रतिशतले दुवै डोज खोप लिइसकेका छन्।  

यसैबीच भेरोसेल खोपको पहिलो मात्रा लिएकाहरूका लागि कात्तिक ४ गते बिहीबारदेखि देशभरि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालभरका मुख्य २४ वटा सरकारी अस्पतालबाट सो खोप दिइने तयारी भएको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।




भर्खरै