• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

इरानद्वारा राष्ट्रव्यापी वायु सेना अभ्यास शुरु



तेहरान, इरान । इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास शुरु गरेको छ ।  सरकारी टेलिभिजनले जनाएअनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठूलो सैन्य अभ्यास हो । 

प्रतिवेदनमा दिइएको जानकारी अनुसार यस अभ्यासमा बमवर्षक लडाकु विमान, ड्रोन लेसर-निर्देशित मिसाइल सहित अन्य अत्याधुनिक हतियारहरूको प्रयोग गरी ड्रिलमा भाग लिइने छ । सबै इरानी सैन्य हवाई अड्डाहरू यस युद्धाभ्यासमा भाग लिनेछन्।  बताइएअनुसार इरानसँग १२ एयर बेस छन् । प्रतिवेदने यो ड्रिल कति लामो समय सम्म चल्छ भन्ने बारे केही बताएको छैन।

अघिल्लो हप्ता यहाँ आयोजित दुईदिने वार्षिक हवाई रक्षा अभ्यासमा सेना र अर्धसैनिक क्रान्तिकारी गार्ड दुवै भाग लिएका थिए। इरानले नियमित रूपमा यस्तो सैन्य अभ्यास गरेर आफ्नो सैन्य तत्परता र क्षमताको प्रदर्शन गर्ने गर्दछ। इरानको बढ्दो  परमाणु र सैन्य शक्तिले यस क्षेत्रमा तनाब बढाउँदै लगेको छ। तेहरानको सन् २०१५ को विश्व शक्तिहरूसँगको समझदारीलाई पुनर्जीवित गर्न भियनामा हुने भनिएको वार्ता गत जुन देखि रोकिएको छ र त्यो समझदारी पुनः शुरु हुने कुनै मिति भने हालसम्म तय भएको छैन।

सन् २०१५ को परमाणु सम्झौताले तेहरानलाई आर्थिक प्रतिबन्ध हटाउने बदलामा युरेनियमको संवर्धनलाई निकै सीमित बनाएको थियो।  सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई उक्त सम्झौताबाट फिर्ता लिएपछि मध्य पूर्वमा तनाव बढायो र आक्रमणका अनेक शृङ्खला शुरु हुन थाले । (रासस-एपी)