६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत : योग्यलाई बनाउने कि आफ्नालाई ?



अ+ अ-

काठमाडौँ — झन्डै तीन महिना लगाएर गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गरेपछि विदेशस्थित विभिन्न नियोगहरूमा राजदूत नियुक्तिको चटारो बढेको छ । राजदूतका लागि ‘योग्य’ हरूको सूची तयार पार्नेलगायत गृहकार्य गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयको भए पनि सत्तारूढ दलहरूले आ–आफ्नो कोटाअनुसार तयारी अघि बढाएका छन् ।

राजदूतका आकांक्षी र आफूनिकटलाई राजदूतमा नियुक्त गर्न चाहनेहरू शीर्ष नेताका घरदैलो धाउन थालेका छन् । तर, कूटनीतिक मामिलाका विज्ञहरू राजदूत नियुक्तिमा राजनीतिक र अन्य पहुँचको आधारमा भन्दा पनि ‘योग्य’ हरूलाई प्राथमिकतामा राखेको खण्डमा मात्रै मुलुकले लाभ लिनसक्ने बताउँछन् । पूर्वपरराष्ट्र सचिव अर्जुनबहादुर थापाको भनाइमा राजदूत नियुक्तिमा हाम्रोभन्दा पनि राम्रोलाई प्राथमिकता दिनु मुलुकको हितमा हुन्छ । ‘कुनै पनि मुलुकमा राजदूत पठाउँदा त्यस मुलुकको विषयमा राम्रो जानकारी भएको र कूटनीतिक मामिलामा दक्ष मान्छे पठाउनुपर्ने हुन्छ, सामान्य मान्छे पठाएर कूटनीतिक मामिला चल्दैन,’ उनले भने ।

हाल विभिन्न मुलुकका २३ वटा नियोग खाली छन् । तीमध्ये १६ वटामा राजनीतिक कोटाबाट र सातवटामा परराष्ट्र मन्त्रालयबाट करिअर राजदूत नियुक्त गर्न गृहकार्य भइरहेको परराष्ट्रका एक अधिकारीले बताए । जम्मा ३३ विदेशी नियोगमध्ये अहिले १० वटामा परराष्ट्र मन्त्रालयका करिअर राजदूत छन् । सरकारले राजदूत नियुक्त गर्दा करिअर र राजनीतिक क्षेत्रबाट ५०–५० प्रतिशत गर्ने मापदण्ड बनाएको छ । उक्त मापदण्डलाई आधार मानेर परराष्ट्र मन्त्रालयले ३३ नियोगमध्ये १६ राजनीतिक र १७ करिअर राजदूत हुनुपर्ने गृहकार्यसहित परराष्ट्रमन्त्री नारायण खड्कालाई ब्रिफिङ गरिसकेको छ ।

विगतमा राजनीतिक क्षेत्रबाट हुने नियुक्तिका लागि मात्र नेताहरूको घरदैलो हुने गरेकामा यसपटक परराष्ट्र मन्त्रालयभित्रैबाट हुने करिअर राजदूत नियुक्तिका आकांक्षीहरूले समेत राजनीतिक दलका नेताहरूको दैलो धाउन थालेका छन् । ‘आफू वा आफूनिकटका मान्छेलाई राजदूत नियुक्त गरिदिनुपर्‍यो भन्दै हरेक दिनजसो प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवको घरमा धाउने क्रम बढेको छ,’ गठबन्धनका एक नेताले कान्तिपुरसँग भने । मन्त्रालयमा अहिले करिब १७ जना सहसचिव छन्, तीमध्ये १० जना राजदूत छन् ।

सत्तारूढ गठबन्धनमा भारत र अमेरिकामा कांग्रेसले राजदूत पठाउने तय भएको छ भने चीन माओवादी केन्द्रलाई दिने सहमति भइसकेको छ । जापान नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । बेलायत जनता समाजवादीको भागमा परेको छ । अन्य मुलुकमा पछि भाग मिलाउने सहमति भएको एक नेताले बताए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का पूर्वमहासचिवसमेत रहेका थापाले सकेसम्म परराष्ट्र मन्त्रालयकै कूटनीतिज्ञहरूलाई राजदूत बनाएर पठाउनुपर्ने बताए । ‘राजदूत नियुक्ति गर्दा पनि सबैलाई कूटनीतिक मामिला थाहा हुन्न भन्नेमा म छैन तर नेपालले कूटनीतिक सम्बन्ध विस्तार गर्न र नेपाललाई बाह्य मुलुकमा स्थापित गर्न मन्त्रालयकै कूटनीतिज्ञहरूलाई पठाउनुपर्छ,’ उनले भने, ‘उनीहरूले लामो समयदेखि सोही पेसा अँगाल्दै आएका हुन्छन् । अनुभवले पनि कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’

२३ देशमध्ये श्रीलंका, दक्षिण कोरियालगायतमा लामो समयदेखि राजदूत खाली छन् । एउटा सरकारले राजदूत पठाउने र अर्कोले बोलाउने काम भइरहेको छ । सरकार छिटो–छिटो परिवर्तन हुने र त्यससँगै राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउने गरिएको छ ।

श्रीलंकाका लागि तत्कालीन राजदूत विश्वम्भर प्याकुरेलले परराष्ट्र मन्त्रालयले असहयोग गरेको भन्दै पदबाट राजीनामा दिएका थिए । त्यसपछि त्यहाँ राजदूत पठाइएको छैन । प्याकुरेलले आफूले पठाएको इमेलको जवाफ नआएको, काठमाडौंसँग समन्वयको अभाव भएको कारण देखाएर राजीनामा दिएका थिए । ‘सरकार परिवर्तन भएपिच्छे राजनीतिक नियुक्तिका राजदूत फिर्ता बोलाउने गरिन्छ, त्यसले मुलुकको समग्र कूटनीतिलाई असर पारिरहेको छ,’ थापाले भने, ‘त्यसैले राजदूत नियुक्तिमा राजनीतिकभन्दा कूटनीतिक अधिकारीहरूलाई जोड दिन आवश्यक छ । विदेशका अधिकांश मुलुकले पनि करिअर राजदूत नै नियुक्त गर्छन् ।’ कान्तिपुरमा याे खबर छ ।




भर्खरै