१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपीएफ ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खाद्वारा सामुहिक सांगितिक प्रस्तुती



अ+ अ-

काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा एपीएफ ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खा ब्याण्डद्वारा शुक्रबार सामुहिक ब्याण्ड प्रस्तुती भएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खाबीच बिगत देखि नै निरन्तर रुपमा सांगितिक प्रशिक्षण तथा सामुहिक प्रस्तुती  आयोजना हुँदै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

फौजी संगठनमा ब्याण्डको महत्वबारे प्रकाश पार्नुहुँदै संगीतले मावन स्वास्थ्यमा पुर्‍याउने फाईदाकोसाथै स्ट्रेस म्यानेजमेन्टमा पार्ने सकारात्मक प्रभाव बारे चर्चा गर्नुकासाथै महानिरीक्षक खनालले उक्त सामुहिक प्रस्तुतीको मुक्त कण्ठले प्रशंसा गर्नुहुँदै आगामी दिनमा समेत यस्ता सहकार्य निरन्तर भईरहने विश्वास व्यक्त गर्नुभयो  सो अवसरमा महानिरीक्षक खनालले नेपालका लागि यू।के। का सैनिक सहचारी कर्णेल पावल स्मिथलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुकासाथै  ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खाका ब्याण्ड मेम्बरहरुलाई सशस्त्र प्रहरी बल नेपालको ब्याच प्रदान गर्नुभयो ।

त्यसअवसरमा महानिरीक्षक खनालको सम्मानमा सामुहिक ब्याण्डले गार्ड अफ अनर दिनुकासाथै नेपाल र यू।के।को राष्ट्रिय धुन, शैलेन्द्र शरदद्वारा रचना गरिएको सशस्त्र प्रहरी बल नेपालको गीत ‘बीर हुँ म बीर बन्न चाहन्छु’को संगीती प्रस्तुती गर्नुकासाथै विश्व चर्चित बिभिन्न संगीत प्रस्तुत गरेका थिए ।