३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा झन्डै रू. ४ अर्बको क्षति



अ+ अ-

काठमाडौँ । यो वर्षको वर्षायामदेखि कात्तिकको बेमौसमी पानी पर्दासम्म मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै रू। ४ अर्ब बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि परेको पानी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण मुलुकभरका सडक तथा पुलहरूमा उक्त रकम बराबरको क्षति पुगेको हो ।

कात्तिकमा परेको अविरल वर्षाका कारण रू। १ अर्ब ५ करोड बराबरको क्षति भएको छ । क्षतिको विवरण थप आउँदै गरेको हुँदा यो रकम पनि बढ्ने सडक विभागको आकलन छ ।

विभागका प्रवक्ता शिवप्रसाद नेपालले क्षतिको विवरण प्राप्त भए पनि अझै केही स्थानहरूबाट थप क्षति भएको विवरण आइरहेको हुँदा यो रकम बढ्न सक्ने बताए । यसअघि जेठ मसान्तदेखि परेको झरीका कारण सडक पूर्वाधारहरूमा रु। २ अर्ब ४० करोडसम्मको क्षति भएको थियो । यस समयमा १०० भन्दा बढी सडकहरू र २६ ओटा पुलहरूमा क्षति पुगेकोे थियो ।

थप क्षतिको विवरण आउने क्रममा रहेकाले क्षति बढ्ने प्रारम्भिक आकलन गरिएको उनको भनाइ छ । ‘यो वर्ष क्षति रू। ४ अर्ब नजिक पुग्ने देखिएको छ,’ उनले भने, ‘पश्चिम नेपालका बझाङलगायतका क्षेत्रहरूमा टोली पुग्नै सकेको छैन, यसले गर्दा पनि पूर्ण विवरण आइपुग्दासम्म कुल क्षति बढ्ने देखिन्छ ।’ यस वर्ष ८० वर्षपछि कात्तिक महीनामा धेरै पानी परेको मौसम विभागले बताउँदै आएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।