३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाईरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर, कतिपय नखोपले नकारात्मक असर गर्छ भन्ने गलत मानसिकताका कारण खोप लगाउन नगएको देखिएको छ । यसमध्ये कतिपय गर्भवती महिला समेत खोपले गर्भमा रहेको शिशुलाई असर गर्छ भन्ने गलत मनसायका साथ खोप लगाउन नगएको देखिएको छ ।

यता स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रखुख डा.सागर दाहालले नेपालमा उपलब्ध भएका सबै कम्पनीका खोपहरु गर्भवती महिलाले पनि लगाउन मिल्ने बताउनुभएको छ । गर्भवती महिला कोरोनाविरुद्धको खोप लगाउन डराएको केही सूचनाहरु आएकाले ढुक्क भएर खोप लगाउन उहाँको आग्रह छ ।

“बिभिन्न जिल्लाहरुबाट गर्भवती महिलाले खोप लगाउन डराएको बुझिएको छ, हामीकहाँ उपलब्ध सबै प्रकारका खोप गर्भवती महिलाले पनि लगाउन मिल्ने अन्तराष्ट्रिय स्तरबाटै प्रमाणित भएको छ यसकारण सबै गर्भवती महिलालाई ढुक्क भएर खोप लगाउन मेरो आग्रह छ” उहाँले भन्नुभयो ।

मन्त्रालयले सबै जिल्लाहरुबाट कति गर्भवती महिलाले कोरोना विरुद्धको खोप लगाए भन्ने तथ्याङ्क संकलन गर्ने कार्य गरिरहेकाले अहिले नै खोप नलगाएका गर्भवतीको संख्या यति छन् भन्न नसकिने डा।दाहालले बताउनुभयो । “हामीले विभिन्न सर्भेबाट कुन जिल्लामा कति गर्भवती महिलाले कोभिड विरुद्धको खोप लगाएका छन् र कतीले लगाएनन भन्ने तथ्यांक निकाल्दै छौँ, तथ्यांक आएपछि मात्र कतिले लगाएनन भन्न सकिन्छ”उहाँले भन्नुभयो ।, यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।