• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल

यमनमा हुथी विद्रोहीको आक्रमणमा २५ जना मारिए



आदेन । यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले यहाँको एक मस्जिदमा आक्रमण गरेका यमनी सेनाले जनाएको छ । यमनी सेनाका अनुसार उक्त आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले सोमबार क्षेप्यास्त्र हानेका थिए । त्यस क्षेप्यास्त्र प्रहारका कारण यहाँको सो मस्जिद ध्वस्त भएको छ । 

उता दुई दिन मात्र अघि पनि यहाँका हुथी विद्रोही र यमनी सैनिकबीच भिडन्त भएको थियो । त्यसमा परी २४ जनाको ज्यान गएको थियो । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो ।

हुथी विद्रोहीहरुले समयसमयमा यहाँको सेनामाथि पनि आक्रमण गर्ने गरेका छन् । सो क्षेत्रमा केही समययतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ । (रासस-सिन्ह्वा)