काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएपछि काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन अत्यधिक भीड लागेको छ ।
१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्नेछन् ।
यस्तै, फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।