९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिप्रेसनको कारण सामाजिक सञ्जाल ! कसरी ? जान्नुहोस्



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा निकै हानी पुर्‍याउने गरेको एक अध्ययनले देखाएको छ ।

‘द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थ ‘ मा प्रकाशित रिपोर्ट अनुसार १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तवार्ता लिएर गरिएको अध्ययनले सामाजिक सञ्जाल डिप्रेसनको मुख्य कारण भएको देखाएको छ ।

अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोरकिशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ ।

अध्ययनकर्ताहरूले सामाजिक सञ्जालले विशेषगरी किशोरीहरूमा शारीरिक व्यायाम र निद्रा घटाउने निष्कर्ष निकालेका छन् । सामाजिक सञ्जालले आफैँ हानी नगर्ने तर त्यसको अत्यधिक प्रयोगले भने दैनिक जीवनमा बाधा पुग्ने निष्कर्ष अध्ययनको छ । सामाजिक सञ्जालको प्रयोगले शारीरिक व्यायाम कम गराउने मात्र नभएर मानसिक स्वास्थ्यमा समेत असर गर्ने र निद्रा पनि खल्बल्याउने अध्ययनले उल्लेख गरेको छ ।

युएसएल ग्रेट अरमोन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थका सहलेखक रुसेल भाइनरका अनुसार सामाजिक सञ्जालको धेरै प्रयोगले धेरैजसो किशोरकिशोरीहरुको ध्यान हानिकारक सामग्रीमा पुगिराखेको हुन्छ। त्यसमाथि साइबर बुलिङको धेरै नकरात्मक पाटोहरू पनि उनीहरुले अनुभव गरिरहेका हुन्छन् ।

युनिभर्सिटी अफ सरेमा क्लिनिकल साइकोलोजीका प्राध्यापक बब प्याटर्नका अनुसार मानसिक स्वास्थ्य र दैनिक जीवन सुधार गर्नका लागि सामाजिक सञ्जालको कम प्रयोग गर्नुपर्छ ।

सन् २०१३ देखि २०१५ मा किशोरकिशोरीमा गरिएको एक अध्ययनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स ९एप, ट्वीटर र स्न्यापच्याट दिनमा पटकपटक खोल्ने गरेको उल्लेख गरेको थियो। अध्ययनमा दिनमा ३ पटकभन्दा बढी प्रयोग गरिएकालाई बढी प्रयोग गरेको भनिएको थियो। तर अध्ययनले उनीहरूले सामाजिक सञ्जालमा कति समय बिताउँछन् भनेर उल्लेख गरेको थिएन ।

सामाजिक सञ्जालको बढी प्रयोगले किशोरकिशोरीमा डिप्रेसनको लक्षण देखापर्ने अध्ययनकर्ताले बताएका छन् । सामाजिक सञ्जालका कारण धेरै तनाव झेल्नेमा किशोरीहरुको संख्या ६० प्रतिशत छ भने १२ प्रतिशत किशोरहरु सामाजिक सञ्जालको बढी प्रयोगको मारमा परेका थिए ।