५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो मौसममा दाँत दुख्ने समस्या छ ? यस्तो छ उपाय



अ+ अ-

काठमाडौँ । चिसो मौसममा धेरैको दाँत दुख्ने समस्या आउँछ । यसबेला दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरको तापक्रममा पनि कमी भएकाले पनि दाँतको दुखाइ बढी हुनेगर्छ । यसलागि तपाईँले यी उपाय अप्नाउन सक्नुहुनेछ । 

उपायहरु :

– दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ । 

– खराब किसिमबाट वा कडा तरिकाले ब्रस नगर्ने । 

– खैनी, पान, पराग, सुपारी, चुरोट सेवन नगर्ने  । 

– सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वास्थ्य रहन सकिन्छ । 

– खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रोसँग मुख कुल्ला गर्नु उत्तम हुन्छ । 

(एजेन्सीको सहयोगमा)