३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन, पहिलो मात्रा कार्तिक २८ देखि

फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन, पहिलो मात्रा कार्तिक २८ देखि
अ+ अ-

काठमाडौँ । सरकारले कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । शुक्रवार फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । यो खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध हुनेछ । 

खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि र १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । यो खोप १२ वर्ष भन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताउनुभयो । उहाँले यो खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताउनुभयो । प्रशासक दाहालले १२ वर्षमाथिका ८ प्रकारका दीर्घ रोगका बिरामीहरुलाई यो खोप दिइने बताउनुभयो ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक दाहालले भन्नुभयो, ‘फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसंख्यालाई दिन मिल्ने भएकोले १२–१७ वर्षका व्यक्तिहरुलाई खोप दिइन्छ,यसको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर४ गतेसम्म तोकिएका दीर्घरोगीहरुका लागि र खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइनेछ, खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइनेछ, खोप सेवा बिहान १० देखि ४ बजेसम्म दिइन्छ, यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डाइलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यानसरको पहिचान भइ उपचारमा रहेका, फोक्सोको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (पक्षघात, एन्यूरिजम, रक्तनलीमा भएका विकृति) आदि समस्या भएका दीर्घरोगीहरुलाई लगाइन्छ ।  ।’

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस खोपको माग धेरै भएपनि दीर्घरोगीहरुलाई नै दिइने बताउनुभयो । उहाँले नेपालमा पनि अल्ट्रा पोल्ट खोप सञ्चालन गर्न सकिन्छ भनेर देखाउने अवसर भएको बताउनुभयो । प्रवक्ता पौडेलले भन्नुभयो, डिमाण्ड जति भए पनि दीर्घरोगीलाई नै दिइन्छ, हामीले अल्ट्रा पोल्ट नभएर मात्रै नेपालमा चलाउन नसकेको हो, हामीलाई हाम्रो प्रणालीले यो खोप पनि चलाउन सक्छ भनेर देखाउने परिक्षण हो यो हाम्रो प्रणाली र सिस्टमको ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले कोरोनाबिरुद्धको खोप लगाएपछि मानिसहरु एक किसिमले कवचधारी बन्ने बताउनुभयो । उहाँले कोरोना भाइरसको जोखिम कायमै रहेकोले मास्क, सामाजिक दूरी र सरसफाइलाई ध्यान दिन आवश्यक रहेको बताउनुभयो । महानिर्देशक सिंहले भन्नुभयो, ‘पmस्ट डोज ५० प्रतिशत टार्गेटमा राखेर गरिरहेका छौँ, सबैभन्दा एक्टिभ जति पपुलेशन छ, उहाँहरु एक किसिमले कवचधारी हुनुहुनेछ खोप लगाइसकेपछि, मास्क लगाउनुपर्छ, सरसफाइ गर्नुपर्छ, दूरी मेन्टेन गर्नुपर्छ, बालबालिका र वृद्धवृद्धाहरु जो हुनुहुन्छ ।

सरकारले सञ्चालन गर्न लागेको कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान वीर अस्पताल, श्री वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रि.वि.शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यानसर अस्पताल, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, मेची प्रादेशिक अस्पताल, बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशि प्रादेशिक अस्पताल, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल, जनकपुर प्रादेशीक अस्पताल, बि.पी. कोइराला स्मृति क्यानसर अस्पताल, धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रादेशिक अस्पताल, सेती प्रादेशि अस्पताल र डडेलधुरा अस्पतालमा सञ्चालन हुनेछ ।

खोप दीर्घरोग भएको तथा उपचार गराइरहेको पूर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ । यो खोप कोरोनाबिरुद्धको अन्य खोप लगाएको, १२ वर्ष भन्दा कम उमेरको, पहिलो मात्रा लगाएपछि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिहरुले लगाउन नहुने महाशाखाले जनाएको छ । खोप लगाएपछि अनपेक्षित रुपमा सुई लगाएको ठाउँमा दुख्ने, केही रातो हुने, सुनिने,टाउको दुख्ने, ज्वरो आउने, जाडो हुने, मांशपेशी दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने, सुइ लगाएको हातको काखीको ग्रन्थी सुनिने लक्ष्ण देखा पर्न सक्छन् । त्यस्तै एनाफाइलेक्सिस्, मायोकार्डाइटिस, पेरिकार्डडाइटिस, शरीरमा साना बिमिरा आउने, चिलाउने, अनुहार सुन्निने, पखाला लाग्ने जस्ता अवाञ्छित लक्षणहरु देखा पर्छन् ।