१२ पुष २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने चिसोबाट जोगिन प्राधिकरणको अनुरोध भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौंः मन्त्री भण्डारी राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ: योगेश भट्टराई प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आजदेखि दोस्रो हिउँदे वर्षा, पश्चिममा आज, काठमाडौंमा भोलि उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुन:स्थापना केन्द्र स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालीमा भएको सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ घाइते



अ+ अ-

माली । दक्षिणपश्चिम मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु हुनाको साथै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ।

सशस्त्र आतङ्ककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण गरेको माली सशस्त्र बल (एफएएमए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रारम्भिक अनुसन्धानअनुसार चार सैनिक मारिएका छन् भने अन्य १४ जना घाइते भएका छन् । त्यसैगरी आक्रमणकारी तर्फ छ जना मारिएका छन्। घाइते सैनिकहरू मध्ये तीन जनालाई हेलिकप्टरद्वारा घटनास्थलबाट बाहिर निकालिएको छ। (रासस/एएनआई र स्पुतनिक)