काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको आरोप लगाएका छन् ।
इलामको फिक्कलमा आयोजित पार्टीको जनसभामा बोल्दै ओलीले कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको आरोप लगाएका हुन् ।
ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएका मेयर र सांसदहरूले राजीनामा नदिएको भन्दै आलोचना समेत गरे ।
आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले अलग भइसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने अध्यक्ष ओलीको भनाई छ ।
‘हेर्नुस्त, एमाले कार्यकर्ताले जुत्ता–चप्पल खियाए र पसिना बगाएर अन्तरे–जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ?’ ओलीले भने, ‘भत्ता खाइराख्नेरु एमालेले लगाइरहेको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त, कति साह्रो लाज नभएको ?’
यस्तै, ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा एउटै कुचाले बढार्ने दाबी गरे ।