३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एचआईभी एड्स सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

एचआईभी एड्स सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण
अ+ अ-

चितवन । एचआईभी एड्स सङ्क्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो ।

एचआईभी सङ्क्रमण पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार एचआईभी भएका महिलामा पाठेघरको मुखमा  क्यान्सर हुनसक्ने देखिएकाले यो परीक्षण सुरु गरिएको हो । एड्स हेल्थ केयर फाउण्डेसनका  कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाका अनुसार  नौ सङ्क्रमित महिलाको निःशुल्क पाठेघरको क्यान्सरको परीक्षण गरिएको छ । गत महिनादेखि  परीक्षण थालिएको हो । हालसम्म परीक्षण गरेका महिलामा क्यान्सरको कुनै समस्या देखिएको छैन ।  एचआईभी सङ्क्रमितलाई क्यान्सर रोग देखिन थालेसँगै यो सेवा सुरु गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रम प्रमुख सापकोटाले भन्नुभयो,“क्यान्सर रोग देखिएमा थप उपचारका लागि सहयोग पुगोस् भनेर अस्पतालसँगको समन्वयमा यो सेवा सञ्चालनमा ल्याएका हौँ ।” सन् २०२१ यता जिल्लामा १०१ जना एचआईभी सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म दुई हजार २५ जनामा सङ्क्रमण देखिएको थियो । 

जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।  नयाँ पहिचान भएका सङ्क्रमितलाई निःशुल्क एआरटी औषधि सुरु गरिएको छ । अस्पतालको एआरटी क्लिनिकबाट एक हजार २९ जनाले नियमित निःशुल्क औषधि खाइरहेका छन् । तीमध्ये ४९५ पुरुष, ४९० महिला र ४४  बालबालिका छन् । उहाँका अनुसार कोभिड सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधिमा ४२८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको र १३३ जनालाई खाद्यान्न समेत सहयोग गरिएको थियो । रासस