१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूकीले निर्वाचनमा धाँधली गरेको जुन्ता सरकारको अभियोग



अ+ अ-

याङ्गुन । म्यानमारको जुन्ता सरकारले अपदस्थ नेतृ आङ साङ सूकीलाई निर्वाचनमा धाँधली गरेको अभियोग लगाएको छ । गत सन् २०२० मा भएको संसदीय निर्वाचनमा सूकीले अनियमितता गरेको सैनिक सरकारको दाबी रहेको छ ।म्यानमारको सैनिक नेतृत्वले गत फेब्रुअरी १ तत्कालिन सरकारका पदाधिकारी र राजीतिक दलका नेताहरुलाई अपदस्थ गर्दै नियन्त्रणमा लिएको छ भने सरकार पनि आफ्नो हातमा लिएको छ । 

सैनिकले नेताहरुलाई थुनेर सत्ता हातमा लिएपछि त्यसको विरुद्धमा देशभरी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा केही मृत्यु भएको छ भने केही घाइते समेत भएका छन् । निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै सुकीलाई नियन्त्रणमा लिएको सेनाले सूकीमाथी निर्वाचनको विषयलाई समेत लिएर मुद्धा दर्ता गरेको हो । 

म्यामारमा प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गर्नु भएकी ७६ वर्षीया सूकीलाई भ्रष्टाचार गरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका अन्य मुद्धा पनि लगाइएको छ ।तर उहाँलाई लगाएको मुद्धाहरुका बारेमा पर्याप्त विवरणहरु भने सार्वजनिक गरिएको छैन ।

सूकीसँगै अन्य १५ जना उच्च अधिकारीहरुलाई पनि यस्तै मुद्धा लगाइएको छ । मुद्धाको सामना गरिरहेकाहरुमा पूर्व राष्ट्रपति विन मिन्ट, निर्वाचन आयोगका पूर्व अध्यक्षलगायत रहनु भएको छ । (रासस-एएफपी)