२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कतारलाई १ सय १९ रनले हरायो



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत कतारलाई पराजित गरेको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार भएको खेलमा नेपालले कतारलाई १ सय १९ रनले  पराजित गरेको हो ।

जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।

कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ रन जोडे । केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन जोडिन् 
भने कतारका पाँच खेलाडी सुन्य रनमा आउट भए ।

 नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिईन् भने कविता कुँवर र सिता राना मगरले २/२ तथा करुणा भण्डारीले १ विकेट लिईन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनायो ।

नेपालकी इन्दु वर्माले अर्धशतक समेत पूरा गरिन् । इन्दुले ४५ अर्धशतक पूरा गरेकी हुन् । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक रहेको छ । 

इन्दुले सर्वाधिक ५५ रनको योगदान दिइन् । उनी रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् । इन्दु नेपालका लागि टि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छिन् । 

यसतै सीता ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् भने सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट हुँदै पेभिलियन फर्किइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् ।

अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।