२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कतारलाई १ सय १९ रनले हरायो



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत कतारलाई पराजित गरेको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार भएको खेलमा नेपालले कतारलाई १ सय १९ रनले  पराजित गरेको हो ।

जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।

कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ रन जोडे । केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन जोडिन् 
भने कतारका पाँच खेलाडी सुन्य रनमा आउट भए ।

 नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिईन् भने कविता कुँवर र सिता राना मगरले २/२ तथा करुणा भण्डारीले १ विकेट लिईन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनायो ।

नेपालकी इन्दु वर्माले अर्धशतक समेत पूरा गरिन् । इन्दुले ४५ अर्धशतक पूरा गरेकी हुन् । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक रहेको छ । 

इन्दुले सर्वाधिक ५५ रनको योगदान दिइन् । उनी रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् । इन्दु नेपालका लागि टि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छिन् । 

यसतै सीता ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् भने सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट हुँदै पेभिलियन फर्किइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् ।

अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।