५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुङ्लिङ नगरपालिकामा तीन दिने आँखाको निःशुल्क शल्यक्रिया



अ+ अ-

फुङ्लिङ । नेत्र ज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिकाको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएको छ ।  

डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङमा सञ्चालित शिविरको सहयोगी संस्थाका रुपमा सानिमा बैंक रहेको केन्द्रका इन्चार्ज काजिमान गुरुङले बताउनुभयो । 

आँखाको उपचार गर्नका लागि दुई–तीन दिन लगाएर विभिन्न दुर्गम गाउँहरुबाट आँखा उपचार केन्द्रमा आएर निःशुल्क सेवा लिएको केन्द्रले जनाएको छ । रासस