२५ असार २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेरुसेलममा इजरायली सेनासँगको झडपमा ५७ प्यालेस्टाइनी घाइते



अ+ अ-

गाजा/रप्यालेस्टाइन । जेरुसेलमको अल-इसाविया नजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनीहरू घाइते भएको सञ्चार माध्यमले जनाएका छन् । 

कुड्सनेट समाचार एजेन्सीले जनाएअनुसार इजरायली सैनिकहरूले गरेको अश्रु ग्यास प्रहारबाट अधिकांश घाइते भएका छन्। प्यालेस्टाइनीहरूले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेका छन्।

इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध दशकौंदेखि बिग्रिएको छ। प्यालेस्टाइनीहरूले इजरायलले आंशिक रूपमा ओगटेको पूर्वी जेरुसेलम र गाजा पट्टीलगायत वेस्ट बैंकको भूभागमा आफ्नो स्वतन्त्र राज्यको लागि कूटनीतिक लडाइ लडिरहेका छन् ।

इजरायली सरकारले प्यालेस्टाइनलाई स्वतन्त्र राजनीतिक र कूटनीतिक संस्थाको रूपमा मान्यता दिन अस्वीकार गरेको छ र संयुक्त राष्ट्रसंघको आपत्तिको बावजुद कब्जा गरिएका क्षेत्रमा बस्तीहरू निर्माण गरिरहेको छ। (रासस-एएनआई र स्पुतनिक)