३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्वत अस्पतालमा नयाँ अक्सिजन प्लान्ट र कम्प्रेसर जोडिँदै

पर्वत अस्पतालमा नयाँ अक्सिजन प्लान्ट र कम्प्रेसर जोडिँदै
अ+ अ-

पर्वत । जिल्लाका क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एशोसिएशनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने रिफिल मसिन जोड्न लागिएको छ ।  सिलिण्डरमा अक्सिजन भर्नका लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार उपकरण जडान गरिए पनि काम कहिले सकिन्छ भन्ने यकिन छैन । उपकरण सञ्चालनका लागि २२० भोल्टमाथिको विद्युत् आपूर्ति आवश्यक पर्ने र यसका लागि छुट्टै ट्रान्सफर्मर चाहिने भएकाले त्यसको  व्यवस्था नभएसम्म अहिले कम्प्रेसरबाट अक्सिजन भर्न सकिने अवस्था रहँदैन । 

एशोसिएशनको सहयोगमा प्लान्ट र लायन्सको सहयोगमा कम्प्रेसर आए पनि त्यसको जडान र सञ्चालनका लागि आवश्यकपर्ने विद्युतका लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने भएको छ । त्यसका लागि झन्डै रु १२ लाख भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन आवश्यक परेमा अहिलेसम्म पोखराबाटै भरेर ल्याइएका सिलिण्डर प्रयोग हुँदै आएकोे छ । त्यसबाहेक अस्पतालमा प्रदेश सरकारको बजेटमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजनलाई शय्यासम्म पाइप लाइन जडान गरेर बिरामीलाई अक्सिजन दिने गरिएको थियो । डा पौडेलका अनुसार जडान गर्न लागिएको प्लान्टबाट एक दिनमा ३५ सिलिण्डर अक्सिजन उत्पादन हुने भनिएको छ  तर कम्प्रेसरले एक दिनमा कति सिलिण्डर ग्यास भर्न सक्छ भन्ने कुरा जडानको काम सकेपछि इञ्जिनीयरले गर्ने प्राविधिक जाँचपछि मात्रै एकिन हुनेछ ।

उक्त  प्लान्टलाई अस्पतालको नयाँ भवनमा जडान गर्न लागिएको छ । पन्ध्र शय्या क्षमतामा रहेको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्नका लागि बनेका भवनको काम करिब अन्तिम चरणमा पुगेसँगै अस्पतालको सेवा पनि नयाँ भवनबाट सुरु हुने भएको छ । 

झन्डै रु ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएकामा  कम्प्रेसरका लागि लायन्स क्लबले रु ३५ लाख लगानी गरेको थियो ।अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले विग्रिएकाले  शय्यामा लगिएका पाइपलाईनमार्फत अक्सिजनको आपूर्ति हुनसकिरहेको छैन ।

बिरामीलाई अक्सिजन आवश्यक भए सिलिण्डरमा भरेर ल्याएको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था छ । मेडिकल सुपरिटेण्डेन्ट डा। पौडेलका अनुसार अस्पतालमा जोडिएका प्लान्टमा प्राविधिक समस्या आएमा त्यसको समाधान गर्ने प्राविधिक जनशक्ति नपाउदा समस्या हुने गरेको छ । प्रदेशको बजेटमा जडान गरेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन नभएपछि त्यसको समाधानको लागि सप्लायर्स कम्पनीसँग कुराकानी भए पनि सप्लायर्सले पनि त्यसको समाधान गर्ने जनशक्ति भारतबाट ल्याउनुपर्ने बताएका कारण मर्मत यत्तिकै रोकिएको छ ।

अहिले जडान गर्न लागिएको प्लान्ट र कम्प्रेसर जडानको काम पोखरा र काठमाडौँबाट आएका प्राविधिकले गर्न लागिरहेका छन् । त्यसमा पनि समस्या आए मर्मतकै समस्या हुने उहाँले बताउनुभयो । (रासस)