८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाद्वारा इयु प्रतिबन्धको निन्दा



अ+ अ-

काराकस । भेनेजुएलाका विदेश मामिलामन्त्री फेलिक्स प्लासेन्सियाले बिहीबार युरोपेली सङ्घ ९ईयू० को परिषद्द्वारा दक्षिण अमेरिकी देशका अधिकारीहरू विरुद्ध अर्को एक वर्षको लागि प्रतिबन्ध नवीकरण गर्ने निर्णयको निन्दा गर्नुभएको छ ।

“हामी हाम्रा जनता विरुद्धको नयाँ आक्रमणको कडा निन्दा गर्दछौं र हामी यो अपमानजनक नवीकरणलाई शत्रुताको कार्य मान्दछौं,“ प्लासेन्सियाले ट्विटरमा लेख्नुभएको छ ।

प्लासेन्सियाका अनुसार यो कदम नोभेम्बर २१ मा हुने क्षेत्रीय र स्थानीय चुनावको नेतृत्वमा सत्तारुढ समाजवादी पार्टीलाई कमजोर पार्ने उद्देश्यले गरिएको हो । काउन्सिलको उद्देश्य “आउँदो आइतबार लोकतान्त्रिक उत्सव टारपेडो“ जस्तो देखिन्छ ।

प्रतिबन्धले वर्तमान उपराष्ट्रपति डेल्सी रोड्रिग्वेज, सैन्य नेता र प्रतिनिधिसहित ५५ जना भेनेजुएला अधिकारीलाई लक्षित गरेको छ । (रासस–सिन्ह्वा)