१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

परिवार दलको तेस्रो महाधिवेशन, एकनाथ ढकाल अध्यक्षमा पुनः निर्वाचित

परिवार दलको तेस्रो महाधिवेशन, एकनाथ ढकाल अध्यक्षमा पुनः निर्वाचित
अ अ+ अ-

काठमाडौं ।  नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिवेशन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित गर्दै सम्पन्न भएको छ । शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको हाे । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ  नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ ।

महाधिवेशनले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।  थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी संविधान सुधार सिफारिस आयोग गठन गनुपर्नेकुरालाई महाधिवेशनबाट पारित गरेको छ ।

अधिबेसनबाट बरिष्ट उपाध्यक्षमा विनोद डाँगी उपाध्यक्षमा  गणेशकुमार श्रेष्ठ महामन्त्री सन्तोष कुमार पौडेल महामन्त्रीमै  प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मानानिय मिलन कुमारी राजवंशी,रुपसिँह भण्डारी,मनोज कुमार सुर्खेति,अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी,कोषाध्यक्षमा गोविन्द नाथ मिश्र सहकोषाध्यक्षमा बुद्धि माया पुन मगर तथा केन्द्रीय सदस्यहरुमा मोहन लाल चदरा,टिका राज विश्वकर्मा ,खडग सिंह नागरि ,सन्त बहादुर परियार ,धर्म रोकाया, निला श्रेष्ठ,ममिता पुन ,नसिमा खान ,कल्पना बराल ,रिता महत्तो हुनुहुन्छ ।

यस्तै, जानकी घिमिरे अर्याल,साबीत्री देवी बम,विष्णु कुमारी बिश्वकर्मा ,अम्बिका पराजुली ,कामना भुसाल ,मायादेवी कंडेल ,जानकी गुरुङ ,सिता ढकाल,निर्मला श्रेष्ठ ,बुद्धिमाया वाईवा ,मंजु थापा मगर,सुकमति राजबंशी ,लक्ष्मी बिक ,रुपा थापा,राजाराम श्रेष्ठ ,विष्णु कुमार श्रेष्ठ,पिया रत्न महर्जन,राम बहादुर लिम्बु,केशव श्रेष्ठ ,शिवकृष्ण श्रेष्ठ,डा देन्डी शेर्पा ,महेश कुमार श्रेष्ठ ,खिल बहादुर गुरुङ,जितेन्द्र श्रेष्ठ ,रामबाबु रानामगर,झबिन्द्र बहादुर पुनमगर ,हरि लोप्चन,सुक बहादुर गुरुङ,रामचन्द्र चौधरी ,सन्तोष दास,मनोज लाल कर्ण,धिरेन्द्र दास ,मोहमद मोइन उद्दिन ,राम बिश्वाश यादव ,श्याम चौधरी ,सालिकराम चौधरी,राघबेन्द्र कुमार श्रीबास्तव,शेभित मण्डल,गनु प्रसाद दास,किशोर यादव,चन्द्रसेन यादव ,पल्टन प्रसाद कुर्मी,लक्ष्मी प्रसाद भण्डारी,अधिबक्ता दयाराम कंडेल डा.मुनिराज क्षेत्री ,राम प्रसाद ज्ञवाली चुनिनु भएकाे छ ।

यसैगरी, रामचन्द्र देवकोटा,नबिन जैसी बजगाई,राजेश कुमार विष्टकाशीनाथ खनाल,डा।श्यामप्रसाद नेपाल, अनिल भण्डारी बावुराम शर्मा,विजयराज कट्टेल ,ऋषि भट्ट ,सन्त बहादुर पन्त प्रा।डा।तुलसी पाठक,टलक प्रसाद भट्ट, शंकर ढकाल, प्रा डा श्रीराम प्रसाद उपाध्याय, कृष्ण प्रसाद ढकाल ,शिब चन्द्र न्यौपाने ,ढुण्डीराम खनालपुस्कर थापा, शुशिल लामिछाने,हरि खत्री ,रबिन्द्र चौलागाईं ,लोक बहादुर गिरि ,इश्वर भट्ट ,लोकेन्द्र थापा ,लाल बिक्रम थापा ,धर्म प्रसाद ढकाल ,योगेन्द्र कार्की ,लेखनाथ सापकोटा बिनोद पहाडी लगायत रहेका छन् । यो सगै महाधिवेशनले एक अध्यक्ष २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निबार्चित गरेको छ ।  

नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ’आर्थिक क्रान्तिको दशक’ घोषण गदै तराई मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्ने जोड दिएका छन् । महाधिवेशनले राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।

काठमाडौंमा भएको महाधिवेशन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । एमाले अध्यक्ष ओलीद्धारा सहकार्य गर्न परिवार दलसँग आवहाँन गर्नुभएको छ । महाधिवेशनमा सम्बोधन गदै परिवार दल बिकासप्रेमी र शान्तिबादी पार्टी भएकाले एमालेले बिगतमा पनि सहकार्य गरेको स्मरण गदै अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए । थप उचाई र फराकीलो सोचका साथ सहकार्य गर्न आवहान गदै छोटो समयमा परिवार दलले देशब्यापी रुपमा संगठन बिस्तार गर्न सफल भएकोमा बधाई दिए । अध्यक्ष ओलीले अहिले न्यालयमा भईरहेको आन्दोलनको औचित्य नभएको पनि स्पष्ट पारे ।

नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले परिवार दलले मुल्य र मान्यताको राजनीतिक गर्ने पार्टी परिवार दलको भएको भन्दै परिवार दलले नेपाली राजनीतिकमा शान्तिको सन्देशको प्रबाह गरेको बताए । नेपाल परिवार दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय हाधिवेशन गर्न लागेको जानकारी दिए । नेपाली समाजमा ठुला–ठुला परिवर्तन भएपनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको उनको भनाई थियो ।

अध्यक्ष ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडी बढेको बताए । ढकालले संविधानमा लेखिएको अनुसार दलहरु नगएको समेत आरोप लगाए । ढकाले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई समेट्न आफ्नो दल लागेको बताए । ढकाले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने निर्णय गरेको पनि सुनाए । उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति नि हुन सक्छ, प्रधानमन्त्री पनि हुनसक्छ ।’

नवनिर्बाचित बरिष्ठ उपाध्यक्ष बिनोद डागीले निर्वाचनमा धेरै खर्च गर्न परिपाटी चलेको भन्दै अहिलेको निर्वाचन प्रणाली मा सुधार गर्नुपर्ने जोड दिए । महाधिबेशनमा १०० जना पर्यबेक्षक, छिमेकी मित्र राष्ट्रका ५ जना विशिष्ट अतिथि समेत गरि बंगलादेश, थाईल्याण्ड लगाएतका मित्र राष्ट्रका अतिथि पनि सहभागी रहेको थियो । त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र  मध्यपुर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियो मार्फत शुभकामना सन्देश दिएका थिए ।

अधिबेसनमा नेपालका पूर्व उपराष्टपति परमान्नद झा भारतीय जनता पार्टीका नेता नरेन्द्र कुमार चाउला, आम आदमी पार्टीका नेता तथा सांसद अजय दत्त प्रोफेसर महेन्द पी लामा ,नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह, समाजबादी पार्टी अध्यक्ष प्रेमबहादुर सिंह, लगायतले बोलका थिए । रिपोर्टस क्लबका अध्यक्ष ऋषी धमलाले नेपालको राजनीतिमा परिवार दल उदाउदो शक्ति रहेको भन्दै सधैव संञ्चार क्षेत्रको साथ रहने बताए ।

 उद्धाटन सत्र बिभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने महाधिवेशनमा नेपालको सांस्कृतिक झल्कने भेष भूषमा महाधिवेशन प्रतिनिधीहरु सहभागि भएका थिए । शान्ति बल नेपालको पीस मार्च हेर्न लागयको थियो भने महाधिवेशनको उद्घाटन पानसमा दिप प्रज्पल गरेर गरिरहेको बेला बिभिन्न धार्मिक गुरुहरुले एउटै भाडोमा पानि खन्याएर एकता प्रस्तुत गरेका थिए भने बटुकहरु स्वथीबाचन गरेर अधिबेसन उद्धाटन गरिएको थियोे । कोरोना महामारीलाई ध्यान दिँदै मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन भएको छ ।