• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

यसरी ढल्यो लिङ्गो (फोटो फिचर)



ज्ञान न्यौपाने, काठमाडौं, साउन ११- बसन्तपुरस्थित बिहीबार बिहान ठड्याइएको ‘इन्द्रध्वजा’सहितको लिङ्गो ढलेको छ। इन्द्रध्वजा ठड्याएर आठ दिने इन्द्रजात्राको सुरु भएको भन्ने बुझिन्छ। करिब २५ हाते सल्लाको लिङगो बिहान साढे नौ बजे उठाउने साइत रहेको थियो। उठाएको पाँच-सात मिनेटमै ढलेको प्रत्यक्षदर्शीले बताए।

‘विस्तारै ढलेकाले त्यताका मान्छेहरू भाग्न सफल भए तर छिटो ढलेको भए सबै चापिन्थे,’ त्यहीको एक मन्दिरछेउ पसल थापेकी प्रत्यक्षदर्शी मेनुका थापाले भनिन्, ‘ढल्न लाग्दै गर्दा सबैले ढल्यो ढल्यो भन्दै भागाभाग भयो।’ लिङगो तलेजु भवानी मन्दिरको दिशातिर ढलेको थियो। तस्बिर : चन्द्रशेखर कार्की