३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

सुरु भयो लोक दोहोरी गीत प्रतियोगिताको अडिसन

सुरु भयो लोक दोहोरी गीत प्रतियोगिताको अडिसन
अ+ अ-

बुधबल गुरुङ र बिल गुरुङ / एचकेनेपाल डट कम-
दोहा–कतार, तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ को छनौट कार्यक्रमहरु शुरु भएको छ। गत सेप्टेम्बर २१ शुक्रवारका दिन दोहा स्थित क्यापिटल होटलको सभा हलमा कार्यक्रमको उद्घाटन सहित पहिलो छनौट कार्यक्रमहरु संचालन भएका थिए।

तमू सांस्कृतिक परिवार कतारका कार्यवाहक अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावासका महामहिम राजदूत डा. माया कुमारी शर्मा हुनुहुन्थ्यो । त्यसै गरी विशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव टी.बी कार्की, एनआरएनए आईसीसी मध्यपुर्व संयोजक नरेन्द्र भाट, एनआरएनए आईसीसीका सल्लाहकार डा. देवकाजी डंगोल, एनआरएनए आईसीसीका निवर्तमान मध्यपूर्व संयोजक बद्री पाण्डे, एनआरएनए एनसीसी कतारका सचिव विनोद भट्टराई आदि हुनुहुन्थ्यो । त्यसै गरी अन्य अतिथीहरुमा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरु तथा पत्रकारहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथी एवं नेपाली राजदुतावासका महामहिम राजदुत डा. माया कुमारी शर्माले दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा उपस्थित अतिथी, कलाप्रेमी दर्शक तथा सहभागि कलाकारहरुलाई तमू समाज कतारका निवर्तमान अध्यक्ष तथा हालका सल्लाहकार जगन गुरुङले गोरखा तथा लमजुङ क्षेत्रको प्रख्यात ठाडो भाखा गाउदै मन्तब्यले स्वागत गरेका थिए भने तमू समाज कतारका अध्यक्ष तथा नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ का संयोजक बिमल गुरुङले कार्यक्रमबारे र नियमहरुबारे प्रकाश पारेका थिए।

संयोजक बिमल गुरुङले निर्णायक मण्डल, बाद्यवादक समूह, पर्यवेक्षक समूहका बारेमा जानकारी गराएका थिए । उहांका अनुसार निर्णायक मण्डलमा संयोजक देविका केसी गुरुङ र सदस्यमा सन्तोष गुरुङ, पर्यवेक्षक समूहमा संयोजक कमलमणी गुरागाई सदस्यहरुमा राजेश दर्शन अर्याल र विनेश तामा¨, बाद्यवादक समूहमा संयोजक अरमान गुरु¨ र सदस्यहरुमा बबिन राई, अमर थापा, विष्णु भट्टराई रहेका छन्।

प्रमुख अतिथकिो आशनबाट बोल्दै नेपाली राजदुतावास कतारका महामहिम राजदुत डा. माया कुमारी शर्माले नेपालको कला संस्कृति संरक्षण गर्नु देश विदेशमा बसोबास गर्ने हरेक नेपालीहरुको कर्तब्य हो । तमू सांस्कृतिक परिवार कतारले थालनी गरेको यस कार्यक्रमको लागि धन्यवाद दिदै नेपाली राजदुतावासको तर्फबाट तथा आफ्नो ब्यक्तिगत तर्फबाट पनि सहयोग गर्न कटिबद्ध रहने बताउनु भयो । लोक भाका वा लोक संस्कृति सम्पूर्ण नेपालीहरुको साझा संस्कृति भएकोले राष्ट्रको गौरव बढाउने र नेपालको संस्कृति संरक्षण गर्ने यस उदाहरणीय कार्यको सह्राना गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो । उहांले धेरै नेपालीहरुको समूह सहभागि भएकोमा खुशी ब्यक्त गर्नु भयो।

मन्तब्यको क्रममा विशेष अतिथी टी.बी कार्कीले दोहोरी गीत नेपाली कला संस्कृति भएकोले यसको संरक्षण गर्न हरेक नेपालीले आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताउनु भयो । नेपाली कला र संस्कृति संरक्षण गर्नका लागि तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको यस कार्यक्रमबाट प्रवासमा पनि नेपालीहरु कला संरक्षण गर्न कटीबद्ध भएको सन्देश जाने भएकोले आयोजकलाई हार्दिक धन्यवाद दिदै गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदले सहयोग गर्नेे बताउनु भयो।

संसारा थकाली भान्छा घरका प्रबन्धक हरी पुन र प्रकास गुरुङको व्यवस्थापनमा सम्पन्न हुन गईरहेको उक्त दोहोरी गीत प्रतियोगिताको लागि कुल २४ समूहले भाग लिएका छन् । समय अभावका कारण सोही दिन जम्मा २० समूहले आफ्नो प्रस्तुती दिन सकेका छन् भने बांकी ४ समूहले आगामी सेप्टेम्बर २८ का दिन दोहोरी गाउने छन् । तत् पश्चात सेप्टेम्बर २८ का दिन नै प्रथम चरणको छनौट पार गरेका समूहरुलाई दोश्रो चरणको कार्यक्रममा प्रवेश गराई कार्यक्रम संचालन गरिने आयोजकले बताएका छन् । सेप्टेम्बर २८ का दिन सम्पन्न हुने छनौट कार्यक्रम भने विविध कारणले गर्दा होराईजन होटलमा हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार सेप्टेम्बर २८ का दिन हुने कार्यक्रमको लागि टिकट तथा पासको ब्यवस्था गरिएको छ । प्रतियोगिहरु र दोहोरी गीत सुन्न चाहने दर्शकहरुको लागि पास र टीकट सम्सारा थकाली भान्छा घरबाट वितरण गर्ने व्यवस्था मिलाईएको कार्यक्रम संयोजक बिमल गुरुङले जनाएका छन्।

आयोजकका अनुसार विभिन्न चरणहरुबाट छनौट गरी अन्तिमको ग्राण्ड फिनाले कार्यक्रम मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईल अल अधा (बक्री ईद) को पहिलो दिन हुनेछ। सोहि दिन उत्कृष्ट लोक दोहोरी समूह कतारको घोषणा गरिने छ । यस प्रतियोगितामा प्रथम हुनेलाई कतारी रियल २ हजार ५ सय र ट्रफि, द्वित्तीय हुनेलाई कतारी रियल १ हजार ५ सय र ट्रफि, तृत्तीय हुनेलाई कतारी रियल १ हजार र ट्रफि र चौथो हुने समुहलाई आकर्षक सान्त्वना पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ।

निर्णयक मण्डलका संयोजक तथा बरिष्ट लोक गायिका देविका के.सी गुरुङका अनुसार ग्राण्ड फिनालेको निर्णायक मण्डलमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा लोक गायक दुर्गा रायमाझी पनि रहने छन् । त्यसै गरी चर्चित लोक गायिकाहरु राधिका हमाल र देविका घर्ति मगरले आफ्नो प्रस्तुतिका साथ ग्राण्ड फिनालेमा पुग्ने चार प्रतियोगिहरुसंग दोहोरी गाउने छन।

कतारमा खुल्ला नृत्य प्रतियोगिता, गैर आवासिय नेपाली तारा प्रथम र द्वित्तीय जस्ता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरि सकेको यस सांस्कृतिक समूहले अहिले आयोजना गर्न गईरहेको यो कार्यक्रमले कतारवासी लोक दोहोरीका पारखीहरुलाई भरपुर मनोरन्जन दिनेमा विश्वस्त रहेको सहभागिहरु बताउछन्।