२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको फुकुओका नेपाली तीज



अ+ अ-

दीपक देवकोटा / एचकेनेपाल डट कम-
फुकुओका । जापानको फुकुओकामा नेपाली चेलीहरुले तीजको दरखाने तथा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन्।

फुकुओका नेपाल सोसाइटी फुकुओका जापानको आयोजनामा शुक्रवार च्युओ सिमिन सेन्टर आकासाकामा भएको कार्यक्रममा जापानमा रहेका दिदी बहिनीहरुको उल्लेख्य सहभागीता रहेको थियो। संस्थाका उपाध्यक्ष योगेश कार्कीले कार्यक्रमको सुरु गरी नेपालवाट आएकी उद्घोषिका मञ्जु पौडेललाई हस्तान्तरण गरेपछि कार्यक्रम सुरु भएको थियो। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष भरत गौतमले गरेका थिए।

कार्यक्रममा लागि नेपालका चर्चित लोक दोहोरी गायिकाहरु मन्जु पौडेल, राधिका हमाल र गायक पशुपति शर्माबीच तीजेभाकामा दोहोरी, रोयला र अन्य तीजजन्य लोकसुसेलीहरु भएका थिए।

पौडेलले निकै मनोरन्जनात्मक रुपमा सञ्चालन गरेको कार्यक्रममा नेपालवाट आमन्त्रित गायक पशुपति शर्मा र राधिका हमालले उपस्थित नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई तीजेभाकामा कम्मर मर्काएर नाच्न बाध्य परेका थिए।

जापानमा रहेका नेपाली दिदिबहिनीहरुलाई एकैथलोमा भेला गराएर चाडबाडमा परिवारसंगसंगै हुन नपाएपनि बिदेशमा रहेका सबै एक परिवार भएर मनोरञ्जनको साथमा आपसी सद्भाव एवं सम्पर्कमा नवीकरण गर्दै शुभकामना आदानप्रदान गर्ने र जापानमा नेपाली नारी एकताको सन्देश दिन सकियोस् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भरतराज गौतमले बताए।

कार्यक्रममा संयोजक सिता आचार्यको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। जापानको फुकुओकामा पहिलो पटक एक ठाउँमा यति धेरै नेपालीहरुको सहभागीता रहेको र कार्यक्रम हालसम्मकै उत्कृष्ट रहेको आयोजकको दाबी छ।

कार्यक्रम साँझ साढे ५ बजेदेखि राति १० बजेसम्म चलेको थियो।




भर्खरै