२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको फुकुओका नेपाली तीज



अ+ अ-

दीपक देवकोटा / एचकेनेपाल डट कम-
फुकुओका । जापानको फुकुओकामा नेपाली चेलीहरुले तीजको दरखाने तथा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन्।

फुकुओका नेपाल सोसाइटी फुकुओका जापानको आयोजनामा शुक्रवार च्युओ सिमिन सेन्टर आकासाकामा भएको कार्यक्रममा जापानमा रहेका दिदी बहिनीहरुको उल्लेख्य सहभागीता रहेको थियो। संस्थाका उपाध्यक्ष योगेश कार्कीले कार्यक्रमको सुरु गरी नेपालवाट आएकी उद्घोषिका मञ्जु पौडेललाई हस्तान्तरण गरेपछि कार्यक्रम सुरु भएको थियो। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष भरत गौतमले गरेका थिए।

कार्यक्रममा लागि नेपालका चर्चित लोक दोहोरी गायिकाहरु मन्जु पौडेल, राधिका हमाल र गायक पशुपति शर्माबीच तीजेभाकामा दोहोरी, रोयला र अन्य तीजजन्य लोकसुसेलीहरु भएका थिए।

पौडेलले निकै मनोरन्जनात्मक रुपमा सञ्चालन गरेको कार्यक्रममा नेपालवाट आमन्त्रित गायक पशुपति शर्मा र राधिका हमालले उपस्थित नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई तीजेभाकामा कम्मर मर्काएर नाच्न बाध्य परेका थिए।

जापानमा रहेका नेपाली दिदिबहिनीहरुलाई एकैथलोमा भेला गराएर चाडबाडमा परिवारसंगसंगै हुन नपाएपनि बिदेशमा रहेका सबै एक परिवार भएर मनोरञ्जनको साथमा आपसी सद्भाव एवं सम्पर्कमा नवीकरण गर्दै शुभकामना आदानप्रदान गर्ने र जापानमा नेपाली नारी एकताको सन्देश दिन सकियोस् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भरतराज गौतमले बताए।

कार्यक्रममा संयोजक सिता आचार्यको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। जापानको फुकुओकामा पहिलो पटक एक ठाउँमा यति धेरै नेपालीहरुको सहभागीता रहेको र कार्यक्रम हालसम्मकै उत्कृष्ट रहेको आयोजकको दाबी छ।

कार्यक्रम साँझ साढे ५ बजेदेखि राति १० बजेसम्म चलेको थियो।