४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

देशका गहना भनेर के गर्नु

देशका गहना भनेर के गर्नु
अ+ अ-

काठमाडौं, २९ जुन, ठूला–ठूला आवाजमा राष्ट्रिय गीत गाएर मात्र हुँदैन, मनभित्र पनि राष्ट्रिय भावना र देशप्रेम भयो भने त्यो गीत अनि गीत गाउने गायक तथा गायिकाको आवाजले झनै मूर्तरूप पाउन सक्छ। डुबेर राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउने तर मौका मिल्यो र अवसर पाइयो भने त्यही गीतको खिल्ली उडाउनेजस्ता प्रवृत्ति सर्जकमा देखियो भने त्यस्ता गीत अनि गायकको औचित्य के ? यो त सरासर मुलुकको भाषा र संस्कृतिप्रति नै धज्जी उडाएको भएन र ? फाइदा हुञ्जेल र पाउञ्जेल आफ्नो मुलुकबाट भारीका भारी फाइदा उठाउने अनि अप्ठ्यारो पर्ने अवस्था आयो भने मुलुकको नाम नै बिर्सन र आफूलाई त्यो मुलुकको नागरिक होइन भन्न पनि पछि नहट्ने व्यक्तिलाई त सबैले गद्दार नै भन्लान् भन्दा फरक नपर्ला। यस्तै प्रवृत्ति देखाए गत हप्ता गायक यम बरालले ।

नेपाली कलाकार भएर अमेरिकामा रहेका नेपालीमाझ सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न उनी नेपाली पासपोर्ट प्रयोग गरेर अमेरिका छिरे। कार्यक्रम प्रस्तुत गर्न गएका बरालले उतै काम गर्दै ग्रिनकार्ड एप्लाई पनि गरे र त्यो कार्ड पाए पनि उनले। आर्थिक रूपमा खस्किएका बराल अमेरिकामा पुगेपछि आर्थिक रूपमा केही मात्रामा भए पनि उकासिए। विगतको दुःख र हन्डर बिर्सने बराल आर्थिक रूपमा उकासिएपछि उनलाई धन खर्च गर्ने चाहनाले छोयो। अमेरिकामा काम गरेर कमाएको धन उतै खर्च गर्दा त्यति महत्व नहुनाले उनी बेला–बेलामा एल्बम निकाल्ने निहुँमा नेपाल आइरहन थाले।

अमेरिकामा जे–जस्तो अवस्थामा बाँचे तापनि नेपालको बसाइ भने उनको आलिशान नै हुन थाल्यो। नेपालमा रहँदा फुर्सदमा साथीभाइसँग यसो कहिले तास खेलेर समय बिताउने यम अब बन्द कोठाभित्र होइन क्यासिनोतिर रमाउन थाले। जे पनि अति गर्योग भने खति हुन्छ भनेजस्तै गत साता ठमेलमा रहेको मल्ल क्यासिनोमा जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेपछि यमको वास्तविकता छर्लङ्ग भएको थियो।

यम बराललाई अनुहारले नचिन्ने को थियो र ? तर उनले प्रहरीसमक्ष आफ्नो वास्तविकता सहज किसिमले बताएनन्। प्रहरीले रङ्गेहात पक्राउ गर्दा उनी झनै आक्रोशित मुद्रामा प्रस्तुत भएर अमेरिकी ग्रिनकार्ड देखाउँदै– ‘म नेपाली होइन, अमेरिकी हो। विदेशी नागरिकलाई समात्न पाइँदैन’ भन्नेजस्ता तर्क दिन थाले। रक्सीले चुर अनि धन हारेर थकित भएका यमको यो तर्क सुनेपछि प्रहरी हाँस्यो। यमलाई यति पनि थाहा थिएन कि ग्रिनकार्ड पाउन नागरिकता ल्याग्नुपर्दैन? उनले अझै पनि नेपाली नागरिकता र पासपोर्ट त्यागेका छैनन्। अनि अर्को कुरा ग्रिनकार्ड भनेको नागरिकता त्यागेपछि पाउने कार्ड होइन। आफूजस्तै प्रहरी प्रशासनलाई पनि भ्रममा पार्न खोज्ने यमलाई यी सबै कुराको जानकारी दिएपछि लज्जित भएर लुरुलुरु प्रहरीको भ्यानमा चढेका थिए।

करिब पाँच दिन प्रहरीमा थुनिएपछि बाहिर निस्किएका यममाथिको विश्वास यतिबेला श्रोताहरूमा टुटेको छ। नेपाली पासपोर्ट बुझाएर ग्रिनकार्ड हात पारेका यमले आफूलाई अप्ठ्यारोमा पर्दा ‘म नेपाली होइन’ भनेर दिएको अभिव्यक्तिले अप्ठ्यारो पर्दा यम जे पनि गर्न र बोल्न सक्दारहेछन् भन्ने कुरा स्पष्ट भएको छ। गलत कामबाट मुक्ति पाइन्छ भने आफ्नो राष्ट्रियता पनि दाउमा राख्दारहेछन् यमले। यमको यो क्रियाकलापले यतिबेला समग्र साङ्गीतिक क्षेत्रमा तरङ्ग पैदा भएको छ।