२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

लम्फू बन्नेभए सुदर्शन



अ+ अ-

मेरो एउटा साथी छ, के यो माया हो, मेरो लभ स्टोरी, धन्दा , मधुमासका निर्देशक सुदर्शन थापालाई लम्फूको मुख्य पात्रमा अनुबन्धित भएका छन् । फिल्मको बारेमा जानकारी दिंदै लम्फूका निर्माता शक्तिबल्लभ घोराशैनीले भने गाउँबाट शहर पसेको एक पात्रले शहरिया पर्वको तामझामलाई नियाल्ने छ । शहरमा मनाईने जनै पूर्णिमा, गाईजात्रा, तीज, दशैं, तिहार र छठ पर्वको वातावरण र यि पर्वहरूमा हुने घटनाहरूलाई पर्दामा देखाईने निर्माता घोराशैनी बताएकाछन् । चाडपर्वमा हुने राम्रा नराम्रा घटनाहरूलाई फिल्म मार्फत देखाउने हाम्रो प्रयास हुनेछ, निर्माताले भने ।यिनै पर्वहरूसँग जोडिएको मौसमलाई ध्यानमा राखेर निर्माण युनिटले सुटिङ पनि ब्रेक गरेर गर्ने भएको छ । कथाले जुन वातावरण माग्छ त्यहि अनुसार सुटिङ गर्नुपर्ने भएकाले पनि मौसमलाई समेत स्क्रिप्टमा ध्यान दिईएको छ । तीजमा सुटिङ गरेपछि दशैं र तिहार अनि छठ पर्वमा फिल्मको सुटिङ गर्ने उनी बताउँछन् । सुदर्शन बाहेक अन्य कलाकार भने फाईनल भईनसकेको निर्माता घोराशैनीको भनाई छ । यसअघि बोक्सी र किन लाग्छ माया फिल्म निर्माण गरेका घोराशैनीको फिल्म लम्फू लाई गोपालचन्द्र लामिछानेले निर्देशन गर्नेछन् । दिपक बज्राचार्यको छायाँकन रहने लम्फूको कथा भूपतीले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलको रहने छ ।