२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जीयमबाट उपचारकोलागि नगद सहयोग



अ+ अ-

काठमाडौ, ११ भदौ-

ब्लड क्यान्सर पीडित गुल्मी हस्तीचौर ६ का १५ वर्षीय किशोर रमेश घिमिरेको उपचारकोलागि बेल्जीयममा रहेका गैर आवासीय नेपालीहरुले १ लाख रुपैया नगद सहयोग गरेका छन् ।
बेल्जियममा रहेका रामप्रसाद पाण्डे सहितका ६० जना नेपालीहरुको पहलमा संकलित सो रकम उनका भाई तुलसीराम पाण्डेले पत्रकार सम्मेलन गरेर पीडितलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा क्यान्सरपीडित किशोरका बुबा रामलाल घिमिरेले सहयोगीहरुको सहयोगमा छोराको खर्चिलो रोगको अहिलेसम्म उपचार गरिरहेको भन्दै भावी दिनमा थप उपचारकोलागि समेत सहयोग गर्न आब्हान गरे ।
उनले अहिलेसम्म उपचारको चार साईकल सकिएको र अहिले सुधार हुँदै आएको जानकारी दिदै पाँच वर्षसम्म उपचार गर्नु पर्ने भएकोले सहयोगको अपेक्षा ब्यक्त गरे । उनले आफूहरुलाई अहिलेसम्म सहयोग गर्नेलाई धन्यबाद दिदै सहयोगको लागि राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर ११५००३५२४७१० र सम्पर्ककोलागि आफ्नो मोवाईल नम्बर ९८४७३५९५२७ समेत सार्वजनिक गरेका थिए ।