३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

गैह्र आवासिय नेपाली संघ, बेलायतको बिषेस साधरण भेला संपन्न, छुट्टै निर्वाचन कमिटी गठन

गैह्र आवासिय नेपाली संघ, बेलायतको बिषेस साधरण भेला संपन्न, छुट्टै निर्वाचन कमिटी गठन
अ+ अ-
दधिराज घिमिरे/ अरुण थापा-
लण्डन, बेलायत-
गत  १७ अगष्टमा सदस्य फर्म दर्ता र नबिकरणमा दखीएको बिवादलाई साधरणसभा मार्फत सामाधान गरीनु पर्छ भन्दै फर्म दर्ता तथा नबिकरण अभियानमा सामेल नभएका करीव एघार हजार सदस्यहरुको नेतृत्व गर्दै एनआरन बेलायतका बरिष्ठ उपाध्यक्ष महेन्द्र कंडेलको आयोजनामा बिषेस साधरणसभा संपन्न भएको थियो । बिभिन्न चरणमा भएको बार्ता असफल भएपछि असन्तुष्ट पक्षले बिषेस साधरण सभाको आयोजना गरेको हो । बिश्वभरी रहेको गैह्र आवासिय नेपाली संघको संगठन निर्माणमा देखीएको त्रुटिले पहिलो पटक बेलायतमा छुट्टै सक्तिशली भेलाको आयोजना गरीएको हो । बेलायतबाट सुरु भएको गैह्र आवासिय नेपाली संघको असुन्तुष्टको भेला अरु देसहरुमा पनि प्रभाव पर्न सक्ने देखिन्छ । संगठनमा आउने फुटलाई कोहि पनि स्वभिमानि नेपालीहरुको चाहाना पक्कै होईन तर पनि संगठनमा रहेका कमि कम्जोरीलाई गैह्र आवासिय नेपाली संघ, केन्द्रिय समितीले बार्ताको माध्यमबाटै समस्याको खोजि गरीनु पर्छ भन्ने मान्यतामा बेलायतबासी नेपालीहरुको पाईएको छ । बेलायतबाट सल्केको आगो अरु देससम्म नपुगोस भन्ने चाहाना संपुर्ण प्रवासि नेपालीहरुको चाहानालाई संबोधन हुन्छ भन्नेमा प्रवासी नेपालीहरुले आशा राखेको पाईन्छ ।
गैह्र आवासिय नेपाली संघ, बेलायतको बिशेष साधारण सभा लण्डनको उलउइचमा २५ अगष्ट २०१३ मा  गैह्र आवासिय नेपाली संघ, बेलायतको बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षको प्रत्यासी  महेन्द्र कडेलको अध्यक्षतामा सु – सम्पन्न भयो । कार्यक्रममा बिभिन्न समुदायको प्रतीनिधिहरुले मन्तब्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरु मिलेर गैह्र आवासिय नेपाली संघ, बेलायतमा जान खोजेको तर अर्का पक्षले एकलौटी ढङ्गले अघी बढेकोले समस्या रहेको बताउनु भयो ।यस अघिका एन आर एनका पदाधिकारीहरुले उचित कदम चल्न नसकेकोले पनि आफु त्यो कामको लागि योग्य रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा बिभिन्न समुदायका ब्यक्तित्वहरुले एन आर एन बेलायतमा देखिएको गुट बन्दिको बिरोध गर्नुभएको थियो  । कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अध्यक्षका प्रत्यासी सुर्य नेम्बङ्ले गैह्र आवासिय नेपाली संघ, बेलायतकोमा पनि राजनैतिक घुसपैठ भएको आरोप लगाउनु भयो ।
  साधरणसभाले अहिलेको निर्वाचन कमिटीलाई भगं गर्दै १४ सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ र सोहि कमिटीले गैह्र आवासिय नेपाली संघ, बेलायतमा देखीएको समस्यालाई बार्ता गर्नको लागी अधिकार समेत दिएको छ । साथै निर्वाचनलाई अनुगमन गर्न १५ सदस्यि अनुगमन समिती निर्माण गरेको छ । सोहि भेलाले  आगामि १५ सेप्टेम्वरमा संघको अधिवेसन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । आगामी अधिवेसनकालागी बिधान संसोधन गर्ने निर्णय गरेको छ बिधान काउन्सिल प्रणालीमा जाने र बेलायतमा भएका संपुर्ण सामाजिक तथा क्षत्रिय संघ, संस्थाहरुको प्रतिनिधीहरुको ग्यारेन्टि गरीने बिषयलाई प्रस्तुत गरीएकोमा भेलाले पास गरेको छ । भेलाले सदस्य सुल्क ३ देखी ५ पाउण्ड कति राख्ने भनी भएको छलफललाई आगामी अधिवेसनले पास गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा एन पि सि सि छेत्रीय अध्यक्ष भोज प्रसाद गुरुङ, नागरिक समाजका संयोजक डा चन्द्र लक्सम्ब ,  आदिबासी जनजाती महासंघका अध्यक्ष श्री प्रसाद गुरुङ , संघिय नेपाली समाजका अध्यक्ष भगवान चाम्लिङ ,एन आर एन बेलायतका उपाध्यक्षका प्रत्यासी हिरा धन राइ, एन आर एन ब्रुनाइका अध्यक्ष बिश्वास दिप तिगेला , एन आर एन बेलायतका सल्लाहकार मिलन ज्ञवाली ,  तामाङ संघ बेलायतका अध्यक्ष तथा गेसोका केन्द्रिय सदस्य  धर्म तामाङ पुर्ब सभासद तथा ने क पा माओबादिका बैकल्पिक केन्द्रिय सदस्य शोभा कट्टेल , जनसम्पर्क समिती बेलायतका महामन्त्री राज कुमार  त्रिपाठी , किरात सुसेसका अध्यक्ष जंग सुनुवार , दुरा समाजका अध्यक्ष कर्ण दुरा , आदिबासी जनजाती महिला संघका अध्यक्ष कमला थापा, नेपाल फोरम ग्रिनविचका अध्यक्ष डा राम कुमार अधिकारी , थकाली समाजका श्याम शेरचन , यतिका महासचिब तथा एन आर एन बेलायतका सल्लाहाकार सुरेश जंग शाह, चण्डिराज राइ, बिष्णु प्रसाद वाग्ले, डा. कबिताराम श्रेष्ठ , श्री प्रसाद लिम्बु , निलहरी घिमिरे , चित्र गुरुङ ,चक्र राना, नरेन्द्र कडेल , एकराज नेम्बङ , कर्ण शाही, तुल छन्त्याल  लगायतले बोल्नु भएको थियो ।
गैह्र आवासिय नेपाली संघ, बेलायतको बिशेष साधारण सभाले पुरानो निर्बाचन समिती भङ्ग गरी डा. पुरुषोत्तम पौडेलको संयोजकमा नया निर्बाचन समितिको समेत गठन गरिएको छ । सदस्य सचिबमा पुर्ण लक्सम तथा सदस्य हरुमा शिबजी श्रेष्ठ , शशिधर नेपाल , भोज प्रसाद गुरुङ आशिस पन्त , होम शर्मा , कल्पना आबुहाङ ,नबिन सापकोटा , ठाकुर शर्मा ,बिपिन निरौला,चित्र बहादुर गुरुङ , नरेश काम्ब ङ कुश बस्नेत ,देब माया पुन रहेका छन ।
गणेश नेम्बङ्को संयोजकत्वमा निर्बाचन पर्यबेक्षक समितिको पनि गठन गरिएको छ । जसमा डा. चन्द्र लक्सम , शुरेश जंग शाह , कर्ण शाही , श्री प्रसाद लिम्बु , डम्बर लिम्बु , तेज राइ ,डा. सम्पुर्ण ढुङ्गाना , डा. भरत सिम्खडा , चित्र बहादुर गुरुङ , डा पदम सिम्खडा , दल बहादुर थापा बिनोद मोक्तान , जंग सुनुवार , बिज्ञान प्रसाइ र बिश्वास दिप तिगेला रहनु भएको छ ।
संपुर्ण संघ सस्थाका प्रतिनिधीहरुले बेलायतमा रहेका संघ सस्थालाई समेटेर जाने गैह्र आवासिय नेपाली संघ, बेलायत भएमा मात्रै संपुर्ण बेलायतबासी नेपालीहरुको साझा हुन सक्ने बताउनु भएको थियो । यो बिषेस साधरणसभाले बेलायतबासी नेपालीहरुमा नयां बिधीको निर्माण हुनेमा बिश्वास गरेका छन । पद र प्रतिष्ठा भन्दा पनि गैह्र आवासिय नेपाली संघ, बेलायतमा बिधीको खाचो छ । राजनैतिक र पैसाको बलले निर्वाचनमा जित्नेको बोलवाला हो भने बेलायतबासीहरुको ज्ञानको भण्डारलाई संसारले कसरी बुझ्ने भन्ने मुख्य समस्या अहिलेको बेलायतको समाजमा मुख्य समस्याकोरुपमा अगाडी आएकोमा चिन्ता ब्यक्त गरेको थिए । उमेद्धारले सदस्य किनेर बन्ने गैह्र आवासिय नेपाली संघ, बेलायतको कार्य समितीलाई सबैको साझा कसरी मान्ने । बेलायतमा आएर हामी दश पाउण्डमा बेचिन चाहान्नौ गैह्र आवासिय नेपाली संघ, केन्द्रिय समिती यो बिषयमलाई तत्काल हस्तक्षप गरी सबैको साझा संगठन बनाउने पहल गरोस भन्ने बिचार ब्यक्त गरेका थिएं ।