२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बर्बाद’लाई एडल्ट सटिफिर्केट



अ+ अ-

काठमाडौ  –

पछिल्लो समय चलचित्र सेन्सर बोर्डले उत्तेजक दृश्य समावेश गरिएका चलचित्र माथी कैची चलाइरहेको छ । गत वर्ष प्रदर्शनमा आउने भनिएको चलचित्र ‘बर्बाद’ सेन्सर बोर्डको कैचीको शिकार भएपछि अलमलमा परेको थियो । नायिका जीया केसीको उत्तेजक दृश्यका कारण सेन्सरले ‘बर्बाद’लाई पास गर्न सकेको थिएन । तर लामो समय पछि चलचित्र ‘बर्बाद’लाई सेन्सर बोर्डले एडल्ट सटिफिर्केट दिदै पास गरेको छ । अब यो सिनेमा हेर्नका लागि दर्शक १६ वर्ष भन्दा माथीको उमेरको हुनुपर्नेछ । चलचित्र सेन्सर बोर्डले बर्बादलाई करिब १९ पटक पास गर्न नसक्ने भन्दै फर्काएको थियो । तर निर्माण पक्षले लामो समयको कसरत पश्चात आङ्खनो लगानीलाई हलसम्म पुयाउन पाएको छ । रीम विश्वकर्माको निदर्शेनमा तयार भएको यो चलचित्रलाई जीके शर्माले निर्माण गरेका हुन् । निर्माता शर्माले सेन्सर बोर्डले सिनेमामा समावेश के कस्ता दृश्य काट्यो भन्ने विसयमा केही बोल्न चाहेका छैनन् । ‘बर्बाद’लाई सेन्सरको सुरुवातमा अधिकांश दृश्य काटेर ल्याउन भनिएकाले पनि दर्शकले हलसम्म पुगेर कस्तो सिनेमा हनेपाउछन  भन्ने अडक्ल काटन् थालिएको छ । तर यसको निर्माण पक्षका लागि भने सिनेमा सेन्सर बोर्डबाट  पास हुनु फलामको चिउरा चपाउनु सरह भएको छ ।