• १३ मंसिर २०७९, मंगलवार
  •      Tue Nov 29 2022
Logo
Latest
★   सुनसरी ४ मा सञ्चारमन्त्री कार्कीको अग्रता, एमालेका कुसियत भन्दा १३६ मतले अघि ★   सत्तारुढ गठबन्धनलाई अगाडी बढाउने पक्षमा नेकपा एस ★   कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो ★   २०४८ सालदेखि निरन्तर सांसद पाएको अर्घाखाँचीको गाउँ ★   नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि ★   समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ? ★   ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही ★   अमेरिकी फ्रिडम पार्टीको घण्टी यहाँ पनि आयोः ओली ★   सबै दल मिलेर सार्वजनिक तथा सरकारी जग्गा सखाप नै पार्ने भए: पूर्वसचिव शारदाप्रसाद त्रिताल ★   पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोड्दै विमानस्थल

तीज बिशेष कार्यक्रममा रेखा थापालाई सम्मान



काठमाण्डौ, भदौ १२- 

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा बुधवार एक कार्यक्रम सम्पन्न भएको छ। ठूलोपर्दा डटकम, इसांग्रिला डटकम, मेरोजिल्ला डटकम तथा प्रगतिशिल मञ्च नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा नायिका रेखा थापा लगाएतका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको छ। समाजसेवी शकिला पाठक लगाएतका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

काठमाण्डौको चाबहिलस्थित बोष्टर मिडियाको हलमा आयोजित सो कार्यक्रममा उल्लेख्य रुपमा महिला तथा पुरुष व्यक्तित्वहरुको उपस्थिती थियो। कार्यक्रममा चलचित्र ‘प्राण भन्दा प्यारो’बाट नेपाली रजतपटमा उदाएकी नव-नायिका अनामिका चौलागाईँको समेत बिशेष उपस्थिती थियो। सम्मान कार्यक्रम पश्चात दर खाने कार्यक्रम तथा नाचगान कार्यक्रम पनि आयोजना गरिएको थियो।