• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल ★   युएईविरुद्ध नेपाललाई दोस्रो सफलता ★   जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण ★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी ★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

अष्ट्रेलियामा नेपाली परिकार बेचेर गाउँमा कम्प्युटर शिक्षा



ब्रिसबेन,१२ डिसेम्बर । व्रिसवेनमा भएको होम फेष्टीभलमा नेपाली खानाका परिकारहरु विक्री गरेर उठेको पैसाले लमजुङमा कम्प्युटर कक्षा संचालन हुने भएको छ ।

साउथ ब्रिसवेनमा बस्दै आएका पूर्ण परियारले अष्ट्रेलियन साथीहरुसँग मिलेर उक्त फेष्टीभलमा नेपाली खानाका परिकारहरु विक्रि गरेका थिए । परियारले भने- ‘फेष्टीभलमा मःम, आलुको तरकारी, भात, मासु विक्रीबाट उठेको पैसाले लमजुङ्को श्री जन जागृति माध्यमिक विद्यालयको कम्प्युटर कक्षाका लागि शिक्षकाको एक वर्षको तलब पुग्ने भएको छ ।’

विद्यालयका लागि मध्य मस्याङ्दी जलविद्युत आयोजनाले कम्प्युटर र ल्याव बनाईदिए पनि शिक्षकलाई तलव दिने पैसा नहुँदा कम्प्युटर विषयको पढाई हुन सकेको थिएन । साउथ ब्रिसवेनको रोटरी क्लव र लमजुङ् रोटरी क्लवको सहकार्यमा उक्त कर्यक्रम सम्भव भएको परियारले एयु नेपाललाई बताए । पहिलो चरणमा दुई लाख ३८ हजार रुपैयाँ नेपाल पठाई सकिएको छ । नेपालमा पर्यटक पथ प्रदर्शक भएर काम गर्ने परियार तीन वर्षअघि अष्ट्रेलिया अएका थिए । आफ्नो जन्मथलोको मायाले प्रत्येक वर्ष उनले गाउँको लागि सानो सहयोग गरिरहेका छन् ।