५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली छात्रालाई अस्ट्रेलियामा ग्लोवल सिटिजन अवार्ड



अ+ अ-

सिड्नी, ३० जुन (एयुनेपाल) । नेपाली छात्रा राशी सिंहलाई अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले ‘ग्लोवल सिटिजनसिप अवार्डँ ले सम्मान गरेको छ । मेलवर्नको पश्चिम ब्रान्सविक सेकेण्डरी कलेजमा १२ कक्षामा अध्यनरत सिंहलाई राज्यका शिक्षा मन्त्री मार्टीन डिक्सनले गएको मे २३ का दिन पार्लियामेण्ट हाउसमा आयोजित कार्यक्रममा उक्त सम्मन प्रदान गरेका थिए । स्थानिय र अन्तराष्ट्रिय विद्यार्थीहरु बीचमा भाइचार र मित्रता बढाउन सक्रिय रहेकोले सिंहलाई उक्त सम्मन गरिएको विद्यालयले जनाएको छ ।

सन् २००९ अस्ट्रेलिया आएकी सिंह आठ काक्षादेखि उक्त विद्यालयमा अध्ययनरत छिन् । हरेक वर्ष विद्यालयमा अध्ययनरत बिभिन्न समुदायका विद्यार्थीमाझ उनले बहुसाँस्कृतिक महोत्सव, खेलकुद र खाना महोत्सव आयोजना गरिरहेकी छिन् । राशी भन्छिन, ‘यो वर्ष विद्यालय परिवार, अभिभावक र स्थानिय समुदायलाई भेला गरेर नेपाली खानाको महोत्सव गर्दै छु ।’

 

इन्टर स्कुल क्याप्टेन समेत भएकी सिंहले नेपाली चाडपर्वहरु दशै तिहारको बारेमा सर्ट फिल्म बनाएर प्रदर्शन समेत गरेको एयु नेपाललाई बताइन । उनी नेपालमा हुँदा प्रहरी विद्यालय साँगामा विद्यार्थी थिइन । भविष्यमा ब्यवस्थापन विषय पढ्ने लक्ष्य लिएकी सिंह अहिले बुवा राजेश सिंह र आमा रेखा सिंह सँगै मेलवर्नमा बसिरहेकी छिन् ।