३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

एन आर एन जापानको अध्यक्षमा पारसमणि पोखरेल भारी मतले निर्वाचित

एन आर एन जापानको अध्यक्षमा पारसमणि पोखरेल भारी मतले निर्वाचित
अ+ अ-

 

सन्देश पोखरेल , जापान- भाद्र २१ –

गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको छैटौं अधिवेशनले पारसमणि पोखरेललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । पोख्रेल चिरञ्जीवी थापालाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन । निर्वाचनमा प्रतिद्धन्दी थापाको १ सय २६ मतको विरुद्ध पोख्रेलले ३ सय ३४ मत प्राप्त गरेका थिए । सधै राजधानी टोक्योमा रहेका एनआरएनले नेतृत्व गर्ने गरेकोमा यस पटक पोख्रेलले सो परम्परालाई तोड्दै बाहिर नेतृत्व लगेका छन ।

सन २००४ मा रोटरी फाउन्डेसन अन्तर्गतको छात्रवृति रोटरी अम्बासोडोरियल प्राप्त गरि टोक्योमा स्थित इन्टरनेसनल क्रिश्चियन यूनिर्भसिटीमा अध्ययनको शिलशिलामा जापान आएका पोखरेल हाल जापानको नागोयामा ब्यबसाय गरेर बसेका छन् । एन आर एन को स्थापना काल देखिनै यो अभियानमा लागेका पोखरेल एन आर एन जापान तोकाई होकुरिकु क्षेत्रीय समितिका सस्थापक संयोजक हुदै केन्द्रीय सल्लाहकार समेत रहिसकेका छन् ।

यसको अलावा रोटरी इन्टरनेसनलमा सक्रीय रहेका पारस १ जुलाई २०१३ बाट नागोया मिराइ रोटरी क्लब जापानबाट फेलोसिप कमिटिका चेयरम्यान समेत भएका थिए । अधिवेशनले उपाध्यक्षमा सुदन थापा , तुलसीराम खरेल र नरबहादुर थापा महासचिबमा हिरोसिमाका मुक्तिराम खनाल बिनोद निर्वाचित भएका छन् भने सचिबमा निगाता बाट उदयराज कंडेल ,कोषाध्यक्षमा टोक्योका तेज प्रसाद अर्याल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा– दिपकबाबु नेपाल , दिपक थापा ,शिवलाल गिरी ,दीपक केसी र अर्जुन अधिकारी निर्वाचित भएका छन् ।