१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्ट कांग्रेसीहरुद्वारा छुट्टै तदर्थ समिति गठन



अ+ अ-

लण्डन(नेपाली जनसम्पर्क समिति बेलायतको असन्तुष्ट समूहले छुट्टै कार्यकर्ता भेला सम्पन्न गरेको छ । तीन वर्षको कार्यकालको लागि २००८ मा निर्वाचित अध्यक्ष लोक गुरुङको पाँच वर्षको कार्यकाल बितिसक्दा समेत वैधानिक रुपमा जनसम्पर्क समितिको अधिवेशन गर्न नसक्दा र असंवैधानिक रुपमा एकलौटी संस्था कब्जा गरिराखेको हुनाले जिम्मेवार कार्यकर्ताहरुको भेलाले सबै पक्षलाई समेटेर तेश्रो अधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएको जनाएको छ ।
साउथइष्ट लण्डनका क्षेत्रीय सभापति र सम्पूर्णानन्द ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले सबै कार्यकर्ताहरुको भावनाअनुरुप जनसम्पर्क समितिलाई वैधानिक शून्यतामा राख्न नहुने भनी जनसम्पर्क समिति नयाँ चिराबाट अघि बढ्न नयाँ समिति गठन गरिएको छ । नयाँ समितिको अध्यक्षमा चेतनाथ खनाल, उपसभापतिद्वयमा विकास देवकोटा, महामन्त्रीमा युवराज सिंह, सहमहामन्त्रीमा आलेख चौहान, सहमहामन्त्रीमा बद्रि सापकोटा, कोषाध्यक्षमा सुरज केसी, रहेका छन् । त्यस्तै केशव भण्डारी, राज सिटौला, शंकर गिरी, गंगा आले, दिनेश विष्ट, कुश बस्नेत, कृष्ण खरेल, राजु न्यौपाने, प्रशान्त कुँवर रहेका छन् ।
नेपाली कांग्रेसका पूर्व बुद्धिजीवी विभाग सदस्य डा। सम्पूर्णानन्द ढुंगाना, एनपीसीसी युकेका संस्थापक अध्यक्ष डा। पुरुषोत्तम पौडेल, पुर्व सभापति विनोद मोक्तान, महासमिति सदस्य दुर्गा बहादुर राना, जिल्ला सदस्य बल बहादुर आले, संस्थापक महामन्त्री विकास देवकोटा, ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय सदस्य राज कुमार शाक्य लगायतका वक्ताहरुले जनसम्पर्क समिति वैधानिक शून्यतामा रहन नहुने बताएका थिए । भेलामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।