२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्ट कांग्रेसीहरुद्वारा छुट्टै तदर्थ समिति गठन



अ+ अ-

लण्डन(नेपाली जनसम्पर्क समिति बेलायतको असन्तुष्ट समूहले छुट्टै कार्यकर्ता भेला सम्पन्न गरेको छ । तीन वर्षको कार्यकालको लागि २००८ मा निर्वाचित अध्यक्ष लोक गुरुङको पाँच वर्षको कार्यकाल बितिसक्दा समेत वैधानिक रुपमा जनसम्पर्क समितिको अधिवेशन गर्न नसक्दा र असंवैधानिक रुपमा एकलौटी संस्था कब्जा गरिराखेको हुनाले जिम्मेवार कार्यकर्ताहरुको भेलाले सबै पक्षलाई समेटेर तेश्रो अधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएको जनाएको छ ।
साउथइष्ट लण्डनका क्षेत्रीय सभापति र सम्पूर्णानन्द ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले सबै कार्यकर्ताहरुको भावनाअनुरुप जनसम्पर्क समितिलाई वैधानिक शून्यतामा राख्न नहुने भनी जनसम्पर्क समिति नयाँ चिराबाट अघि बढ्न नयाँ समिति गठन गरिएको छ । नयाँ समितिको अध्यक्षमा चेतनाथ खनाल, उपसभापतिद्वयमा विकास देवकोटा, महामन्त्रीमा युवराज सिंह, सहमहामन्त्रीमा आलेख चौहान, सहमहामन्त्रीमा बद्रि सापकोटा, कोषाध्यक्षमा सुरज केसी, रहेका छन् । त्यस्तै केशव भण्डारी, राज सिटौला, शंकर गिरी, गंगा आले, दिनेश विष्ट, कुश बस्नेत, कृष्ण खरेल, राजु न्यौपाने, प्रशान्त कुँवर रहेका छन् ।
नेपाली कांग्रेसका पूर्व बुद्धिजीवी विभाग सदस्य डा। सम्पूर्णानन्द ढुंगाना, एनपीसीसी युकेका संस्थापक अध्यक्ष डा। पुरुषोत्तम पौडेल, पुर्व सभापति विनोद मोक्तान, महासमिति सदस्य दुर्गा बहादुर राना, जिल्ला सदस्य बल बहादुर आले, संस्थापक महामन्त्री विकास देवकोटा, ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय सदस्य राज कुमार शाक्य लगायतका वक्ताहरुले जनसम्पर्क समिति वैधानिक शून्यतामा रहन नहुने बताएका थिए । भेलामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।