• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ ★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान

काली र दामिनी बिच विवाद



फुलपातीमा  रिलिज डेट तोकेका चलचित्र काली र दामिनीको विवादले यतिखेर चलचित्र बजार तातेको छ। कालीसँगै असोज २५ गते रिलिज हुने दामिनी चलचित्रलाई लक्षित गर्दै निर्माता छविराज ओझाले स्वदेशी चलचित्रको प्रदर्शनमा सहज हुनुपर्ने भन्दै चलचित्र विकास वोर्डमा निवेदन दर्ता गराएका छन् ।

छविराज प्रोडक्सन कम्पनीको नाममा निर्माता छविराज ओझाले विकास वोर्डमा दर्ता गराएको निवेदनमा २/४ लाखमा विदेशी चलचित्रलाई खरिद गरी नेपाली पर्दामा रिलिज गर्दा भोली नेपाली चलचित्र क्षेत्रले भोग्न पर्ने खराब नियती कस्तो हुन्छ ? भन्ने कुरा उल्लेख छ । छविराजले आफ्नो चलचित्र भन्दा पनि सम्रगचलचित्र क्षेत्रको हितको लागी आफुले उक्त निवेदन विकास वोर्डमा दर्ता गराएको बताए ।

त्यस्तै विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले आवश्यक प्रक्रियाको लागी चलचित्र संघ लगायत अन्य चलचित्र सम्वद्ध संघ संस्थालाई पत्र काट्ने जानकारी गराए । अध्यक्ष मोरवैताले भने- ‘छविजीले दिएको निवेदन उपर छलफल गरेर नेपाली फिल्मको प्रदर्शन सहजताको लागी अन्य संघ संस्थासँग छलफल गरेर आवश्यक निर्णय लिनेछु ।’

भोजपुरी चलचित्र ‘दामिनी’ नेपालीमा डबिङ गरिएको भन्ने आरोपको खण्डन गर्दै वितरक मनोज राठीले आफूले वितरण गर्न लागेको दामिनीलाई नेपाली भाषामा समेत सुटिङ गरिएकाले भोजपुरी मात्र नभई नेपाली चलचित्र पनि भएको बताए । वितरक राठीले दामिनी चलचित्रका निर्देशक, कलाकार तथा अन्य युनिट नेपाली नै भएकाले विदेशी फिल्म भनेर विवाद अबुझहरुले मात्रै झिक्ने भनाई राखेका छन् ।

दामिनीको नेपाल राईट लिएका राठीले भने- ‘विकास वोर्डका अध्यक्ष पनि भोजपुरी चलचित्र खेलेरै वोर्डका अध्यक्ष भएका हुन् । ३ वर्ष अघि सेन्सर भैसकेको चलचित्रबारे किन बखेडा झिकिंदै छ ?’ सुरुमा काली चलचित्र वितरणको जिम्मा लिएको मनोज राठी समुहले निर्माता ओझाले वितरणको जिम्मा लिएपछि सोही मितिमा प्रदर्शन गर्ने गरी भोजपुरी चलचित्र दामिनीको नेपाल राइट लिएको हो ।

रिलिजको संघारमा काली र दामिनी बिचको मुख्य विवाद विश्वज्योती हलमा काली नभएर दामिनी रिलिज हुने भएपछि चर्किएको हो । हलसँग सम्झौता भैसकेकाले दामिनीलाई हटाएर काली रिलिज गर्न नमिल्ने दामिनीका काठमाण्डौ वितरक सुनिल मानन्धर बताउछन् ।

दशैको मुखमा आएर आफ्नो भोजपुरी चलचित्र दामिनी नेपालमा चल्ने भएपछि नेपाली दर्शकको माया पाइरहदा धेरै पैसाको लोभले नेपाली चलचित्र क्षेत्रलाई लात मादै भोजपुरी चलचित्र क्षेत्रमा हराएका बिराज भट अहिले दर्शकहरु आफ्नो चलचित्र हेर्न आतुर छन् भन्दै गफ हानिरहेका छन् । अव नेपाली दर्शकले बिराजलाई लात हान्छन् या माया गर्छन् असोज २५ बाट नै थाहा होला ।