११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य 

बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य 
अ अ+ अ-

काठमाडौँ: नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्वमुख्यसचिव स्वर्गीय तीर्थमान शाक्यको बहुआयामिक ब्यक्तित्वबारे आज यहाँ चर्चा गरिएको छ । नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जली सभामा सहभागी वक्ताहरुले कानुन मम्यौदा, सार्वजनिक प्रशासन, सवैधानिक अङ्ग र समाजसेवामा उहाँले पुर्‍याउनुभएको योगदानबारे प्रकाश पार्नुभयो ।

उहाँको यही वैशाख ६ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । उहाँ लोक सेवा आयोगको पूर्वअध्यक्ष तथा रोटरी क्लब नेपालको डिष्ट्रिक गभर्नरसमेत हुनुहुन्थ्यो ।  सो अवसरमा सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनमा रुपान्तरण र कानुनी शरीर विज्ञानको विशेषज्ञ एवं खम्बका रुपमा स्व शाक्यको योदानलाई स्मरण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको कानुन तर्जूमाको अधिकारिक व्यक्तिका रुपमा रहनुभएका शाक्य समाजसेवा, कानुन, सार्वजनिक प्रशासन र संवैधानिक अङ्गलाई नेतृत्व प्रदान गर्ने बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो ।”

सर्वाेच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले कानुन मस्यौदा निर्माणमा निपूर्ण शाक्य अदालतको फैसलामा गुणस्तरता कायम गर्न तथा न्यायनिरुपणलाई कसरी शीघ्रता गर्न सकिन्छ भन्नेमा सदासर्वदा आफूलाई राय सुझाव प्रदान गर्दै आएको घटना सुनाउनुभयो ।  उहाँले भन्नुभयो, “सकारात्मक सोच, स्पष्ट वक्ता, तथस्थता र निष्पक्षताका पुजारी पूर्वमुख्यसचिव शाक्य नेपालको कानुनी क्षेत्र र सार्वजनिक प्रशासनका क्षेत्रमा विज्ञताको प्रतिमूर्तिका रुपमा रहनुभएको थियो ।”

पूर्वमन्त्री माधव पौडेलले इजलास सहायकदेखि मुख्यसचिवसम्मको जिम्मेदारीमा रही स्व शाक्यले पेशाप्रति निष्ठाको प्रतीकका रुपमा आफूलाई स्थापित गराउन सफल हुनुभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सरल, सालिन र स्पष्ट व्यक्तारुपमा रहनुभएका पूर्वमुख्य सचिव शाक्य कानुनको गुणस्तरीय मस्यौदा निर्माणका माध्यमद्वारा मुलुकलाई ठूलो गुनलगाउनुभएको छ ।” अर्का पूर्वमन्त्री अग्निप्रसाद खरेलले विधि र लोकतन्त्र बुझेका शाक्य पञ्चायतदेखि गणतन्त्रसम्म बनेका संविधान र कानुन मस्यौदाका ज्ञाता मात्र नभई निष्ठा, इमान र देशभक्त रहनुभएको बताउनुभयो । ललितपुर  महागरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्व शाक्यले गर्न सक्ने विषयवस्तु मात्र बोल्न र पोखरी, पार्टी, पौवा जस्ता सम्पदाको संरक्षण गर्न दिएको सल्लाहलाई आफूले सधै शिरोधार्य गर्दै आएको बताउनुभयो ।

सो अवसरमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, वरिष्ठ अधिवक्ता पुष्पा भुसाल र कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमले सार्वजनिक प्रशासन र संवैधानिक कानूनको क्षेत्रमा लामो समयसम्म काम गर्दा कुनै प्रश्नचिन्हको घेरामा नपर्नुभएका अध्ययनशील, शालिन र शिल्पी हुनुहुन्थ्यो भन्नुभयो ।

स्व शाक्यका परिवार जनका अतिरिक्त श्रद्धाञ्जली सभामा सर्वाेच्च अदालतका पूर्वन्यायाधीशहरु, उच्च अदालतका न्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्ता, पूर्वमुख्य सचिव, सचिव तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थिति हुनुहुन्थ्यो ।रासस