४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

काली र दामिनी बिच विवाद

काली र दामिनी बिच विवाद
अ+ अ-

फुलपातीमा  रिलिज डेट तोकेका चलचित्र काली र दामिनीको विवादले यतिखेर चलचित्र बजार तातेको छ। कालीसँगै असोज २५ गते रिलिज हुने दामिनी चलचित्रलाई लक्षित गर्दै निर्माता छविराज ओझाले स्वदेशी चलचित्रको प्रदर्शनमा सहज हुनुपर्ने भन्दै चलचित्र विकास वोर्डमा निवेदन दर्ता गराएका छन् ।

छविराज प्रोडक्सन कम्पनीको नाममा निर्माता छविराज ओझाले विकास वोर्डमा दर्ता गराएको निवेदनमा २/४ लाखमा विदेशी चलचित्रलाई खरिद गरी नेपाली पर्दामा रिलिज गर्दा भोली नेपाली चलचित्र क्षेत्रले भोग्न पर्ने खराब नियती कस्तो हुन्छ ? भन्ने कुरा उल्लेख छ । छविराजले आफ्नो चलचित्र भन्दा पनि सम्रगचलचित्र क्षेत्रको हितको लागी आफुले उक्त निवेदन विकास वोर्डमा दर्ता गराएको बताए ।

त्यस्तै विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले आवश्यक प्रक्रियाको लागी चलचित्र संघ लगायत अन्य चलचित्र सम्वद्ध संघ संस्थालाई पत्र काट्ने जानकारी गराए । अध्यक्ष मोरवैताले भने- ‘छविजीले दिएको निवेदन उपर छलफल गरेर नेपाली फिल्मको प्रदर्शन सहजताको लागी अन्य संघ संस्थासँग छलफल गरेर आवश्यक निर्णय लिनेछु ।’

भोजपुरी चलचित्र ‘दामिनी’ नेपालीमा डबिङ गरिएको भन्ने आरोपको खण्डन गर्दै वितरक मनोज राठीले आफूले वितरण गर्न लागेको दामिनीलाई नेपाली भाषामा समेत सुटिङ गरिएकाले भोजपुरी मात्र नभई नेपाली चलचित्र पनि भएको बताए । वितरक राठीले दामिनी चलचित्रका निर्देशक, कलाकार तथा अन्य युनिट नेपाली नै भएकाले विदेशी फिल्म भनेर विवाद अबुझहरुले मात्रै झिक्ने भनाई राखेका छन् ।

दामिनीको नेपाल राईट लिएका राठीले भने- ‘विकास वोर्डका अध्यक्ष पनि भोजपुरी चलचित्र खेलेरै वोर्डका अध्यक्ष भएका हुन् । ३ वर्ष अघि सेन्सर भैसकेको चलचित्रबारे किन बखेडा झिकिंदै छ ?’ सुरुमा काली चलचित्र वितरणको जिम्मा लिएको मनोज राठी समुहले निर्माता ओझाले वितरणको जिम्मा लिएपछि सोही मितिमा प्रदर्शन गर्ने गरी भोजपुरी चलचित्र दामिनीको नेपाल राइट लिएको हो ।

रिलिजको संघारमा काली र दामिनी बिचको मुख्य विवाद विश्वज्योती हलमा काली नभएर दामिनी रिलिज हुने भएपछि चर्किएको हो । हलसँग सम्झौता भैसकेकाले दामिनीलाई हटाएर काली रिलिज गर्न नमिल्ने दामिनीका काठमाण्डौ वितरक सुनिल मानन्धर बताउछन् ।

दशैको मुखमा आएर आफ्नो भोजपुरी चलचित्र दामिनी नेपालमा चल्ने भएपछि नेपाली दर्शकको माया पाइरहदा धेरै पैसाको लोभले नेपाली चलचित्र क्षेत्रलाई लात मादै भोजपुरी चलचित्र क्षेत्रमा हराएका बिराज भट अहिले दर्शकहरु आफ्नो चलचित्र हेर्न आतुर छन् भन्दै गफ हानिरहेका छन् । अव नेपाली दर्शकले बिराजलाई लात हान्छन् या माया गर्छन् असोज २५ बाट नै थाहा होला ।