२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखा चुनाबी म्युजिक भिडियो सुटिङमा व्यस्त



अ+ अ-


रेखा थापाको संविधान सभा निर्वाचनमा उम्मेदवार बनेर चुनाब जित्ने इक्षा पूरा हुन नसके पनि अन्य उमेद्वारलाई जिताउने अभियानमा भने राम्रै संग लागेकी छिन । यसै सन्धर्बमा हालै रेखा एमाओवादी चुनाब प्रचारमा पर्योग गर्ने निर्माण हुन लागेको चुनाबी म्युजिक भिडियोको सुटिङमा व्यस्त छिन । घाँघर चोलीमा सजिएर बारा, पर्सा र रौतहटको बिभिन्न स्थानमा रेखा संगै आयुष रिजालले ले भोजपुरी गिती एल्बमको लागि शुटिंग गरे। उदित नारायण झा, कल्पना, खुश्वु जैन, रविराज साह आदिको स्वर रहेका गीतहरु एमाओवादी भोजपुरा राज्यका संयोजक प्रभु साहको संयोजक्त्वमा पार्टी निर्देशनमा तयार गरिदै छ । तराइका बासिन्दा, संस्कृति र भाषाको लाई झल्काउने यस एल्बमले पार्टी उमेद्वारहरुलाई प्रचारप्रसारमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।

निर्वाचन आयोगले आफ्नो नाम भोटर लिस्ट बाटनै हराइदिएको गुनासो गरे पनि रेखाले पार्टीको लागि आफ्नो ठाउँबाट सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताएकी छिन । नाम र दाम दुबै फिल्म क्षेत्र बाटनै कमाइ सकेकाले हुनाले रेखा राजनीति बाट समाज सेवा गर्ने उद्देश्य लिएको बताउछिन । दशैँपछिको दिनमा पर्साका मतदाता समक्ष गएर पार्टीको प्रचार प्रसारमा सक्रिय हुने प्लान रहेको पनि बताइन ।

तराइको समस्याको कुरा गर्दै रेखा भन्छिन, “यहाको सुरक्षा अवस्था एकदमै कमजोर रहेको छ ।” सीमा क्षेत्रका बासिन्दाले सीमावारपार गर्दा विदेशी सेनाबाट हेपिनु सामान्य भएको बताउदै रेखा भन्छिन भारतीयले नेपाली सीमा मिचिनुको पीडा पनि कम छैन । तराइको जीवन राजधानीको जस्तो सहज नभएको बताउदै रेखाले तराइका महिलाले पर्याप्त अवसर प्राप्त नगरेको बुझेकी छिन । निर्देशक किशोर राना मगरले निर्देशन गरिरहेको भिडियो रौतहटका विभिन्न गाउँहरुमा शुटिंग भइरहेको छ ।