२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्किइन् मिस नेपाल इसानी श्रेष्ठ



अ+ अ-

काठमाडौँ, २३ असोज – 

विश्व सुन्दरी प्रतियोगिताको ६३ वर्षको इतिहासमा नेपालबाट सहभागी भई उत्कृष्ट दश स्थानभित्रै पुग्न सफल मिस नेपाल इसानी श्रेष्ठ  स्वदेश फर्किएकी छन् । इन्डोनेसियामा गत सेप्टेम्बर ३० तारिखमा मिस वल्र्ड–२०१३ मा प्रतियोगिता भएको थियो । सन् १९९७ देखि नेपालले उक्त प्रतियोगितामा भाग लिँदै आएको थियो ।

एक्काइस वर्षीय मिस नेपाल इसानी श्रेष्ठ मिस वल्र्ड–२०१३ प्रतियोगिता सहभागी भई विभिन्न चरणमा भएको छनौटबाट १० औं स्थानभित्र परेको उल्लेख गर्दै उहाँले विश्वका अन्य मुलुकको तुलनामा नेपाल केहीमा पनि कमी नभएको र नेपाललाई चिनाउन आफूसँग धेरै शक्ति रहेको बताइन् ।
हिँडेन ट्रेजरद्वारा आयोजित पत्रकार सम्मेलनमा आफूले मिस वल्र्ड प्रतियोगितामा १० औं स्थापनासम्म हात पार्न सफल भएको श्रेय हिँडेन ट्रेजर, परिवारका सम्पूर्ण सदस्य तथा नेपालीहरूको माया नै भएको बताइन् । 

मिस वल्र्ड–२०१३ मा सहभागी हुँदा नेपाललाई विश्वसामु गौतम बुद्ध जन्मेको देश, सगरमाथाको देश र विभिन्न कला संस्कृतिको धनी देशको रूपमा परिचय गराउन सफल भएको बताउँदै मिस वल्र्डले आफूलाई धेरै नै माया ममता गरेको बताइन् । । बाबुकाजी श्रेष्ठ र भेनस श्रेष्ठकी जेठी छोरी इसानी श्रेष्ठ कक्षा ८ सम्म काठमाडौँको त्रियोग उच्च माविमा अध्ययन गरेको र १० जोड दुईसम्म अमेरिकामा अध्ययन गरेको तथा हाल सामाखुसीस्थित पिपुल्स डेन्टल कलेजमा अध्ययनरत रहेको इसानीकी हजुरआमा शान्ति साखः श्रेष्ठले जानकारी दिनुभयो ।