• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सिँचाइ प्रणालीको सुधार गर्नुपर्छः मन्त्री भूसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइ प्रणालीको सुधार गर्नुपर्ने बताउनुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुर कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र कृषि भएकाले यसको महत्वपूर्ण पाटो सिँचाइ रहेको उल्लेख गर्नुभयो । 

कृषकलाई सुविधा दिने गरी काम गर्न निर्देशन दिँदै मन्त्री भूसालले सरकारको नीति खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सतह वा भूमिगत जे होस् । सिँचाइ हुनुपर्यो ।”

कार्यक्रममा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले कार्यालयले गर्ने कामबारे जानकारी गराउनुभएको थियो । कार्यालय भरतपुरमा खुलेसँगै जिल्लाका कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।