काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । संयोजक दाहालले आफूहरुले १६ वटा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाएर अघि बढेको र त्यही एकताको आधारमा सहमती, सहकार्यको बाटोबाट सबै कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा उभ्याएर समाजवादतिरको यात्रालाई अघि बढाउन चाहेको समेत बताउनु भयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै विभिन्न छलकपट गरेर आफ्नै सहकर्मीहरुमाथि प्रतिशोध साँध्ने काम गरिरहेको आरोप समेत लगाउनु भयो ।
अध्यक्ष दाहालले भन्नुभयो,‘आफूलाई कम्युनिष्ट भन्नेहरुले विभिन्न छलकपट, जालप्रपञ्च गरेर आफनै सहयोद्धाहरुलाई प्रतिसोध साँध्ने प्रयास भईराखेको छ भने अर्कोतिर हामीले १६ वटा अव विस्तारै यसमा थपिदै जान्छ । सबै कम्युनिष्टहरुलाई एउटै ठाउँमा केन्द्रित गर्ने विचार नेपाली कम्युनिष्ट पार्टी यही एकताको, यही सहमती, सहकार्यको यही समाजवादतिरको यात्राको नेतृत्व गर्ने संकल्पसहित आएको पार्टी हो । त्यसकारकाण तपाई हामी सबैले यो कुरा बुझन जरुरी छ ।’
संयोजक दाहालले आफूहरुले जेन–जीहरुको माग सम्बोधन गर्ने कामलाई प्रमुखताका साथ अघि बढाएको समेत बताउनु भयो ।










