१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

बालविवाह रोक्न अभिभावक सक्रिय

बालविवाह रोक्न अभिभावक सक्रिय
सांकेतिक तस्बिर
अ अ+ अ-

बैतडी। बालविवाह रोक्न यहाँका अभिभावक नै सक्रिय भएका छन् । जिल्लाको पाटनका अभिभावकहरूले बालविवाह रोक्ने प्रतिबद्धता जनाएकासँगै जनचेतना जगाउन सक्रिय भएका हुन् ।

बालविवाहका कारण हुने सामाजिक, मनोवैज्ञानिक, आर्थिक, शारीरिकलगायत असरका विषयमा थाहा भएपछि आफूहरू सामूहिक रूपमा बालविवाह रोक्ने अभियानमा लागेको पाटन–६ का जनकसिंह विष्टले बताउनुभयो । गल्स फस्ट फण्डको सहयोगमा परोपकार ग्रामीण विकास सङघले अभिभावकसँग गरेको अन्तरक्रियामा सहभागीहरूले बालविवाह रोक्नका लागि समूह बनाएर सक्रिय हुन थालेको उहाँको भनाइ छ ।

अहिले पाटन–२ र ६ मा परोपकार ग्रामीण विकास सङ्घले बालविवाह न्यूनीकरण र किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । ती दुई वडाका दुई वटा विद्यालयमा किशोरकिशोरीको समूह बनाएर रुपान्तरण कक्षा सञ्चालन गरिरहेको सङ्घकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताउनुभयो ।

रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीका अभिभावकसँग बालविवाह अन्त्यका विषयमा आयोजना गरिएको अन्तरक्रियामा सहभागीहरूले बालविवाह रोक्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

बालविवाहका कारण शारीरिक, सामाजिक, आर्थिक र अन्य समस्या सिर्जना हुने भएकाले आफूहरू बालविवाह रोक्न सक्रिय रहेको पाटन–२ मा गठन गरिएको आदर्श अभिभावक समूहकी संयोजक निर्मला ऐरले बताउनुभयो । बालविवाहका कारण आफ्नो पुस्ताले धेरै समस्या झेलेकाले अबको पुस्ताले त्यस्तो समस्या झेल्न नपरोस भनेर सक्रियता बढाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बालविवाहका कारण शारीरिक, मानसिक, आर्थिकलगायत क्षेत्रमा धेरै समस्या सिर्जना भइरहेका हुन्छ । तसर्थ यसको न्यूनीकरण गर्दै शिक्षित समाज निर्माणमा हामी जुटेका छौँ ।”

बालविवाहले परिवारलाई पुस्ताँैसम्म आर्थिक, सामाजिक रूपमा समस्या पार्ने र पछि परिने भएकाले आफूहरू अभियानमा जुटेको पाटन–२ की भागरथी पाण्डेयले बताउनुभयो । रुपान्तरण कक्षामा सहभागी भएपछि बालबालिका पनि सचेत भएका छन् । उहाँले भन्नुभयो, “विद्यालयमा सञ्चालन हुने रुपान्तरण कक्षाबाट हाम्रा बालबालिकामा सकारात्मक परिवर्तन आएको छ । बालविवाह गर्नुहुँदैन भन्ने कुरा उनीहरूले पनि बुझेका छन् ।”

बालविवाहका कारण महिलाको प्रजनन स्वास्थ्यमा विभिन्न समस्या सिर्जना हुने भएकाले यसलाई परिवारबाटै निरुत्साहित गर्नुपर्ने सिलङ्गा स्वास्थ्यचौकीकी अनमी सिर्जना नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा अझै पनि बच्चा जन्माउन किशोरी आमाहरू आउने क्रम जारी छ । तसर्थ बालविवाह रोकी समुदायमा सुधार ल्याउनु जरुरी छ । यस अभियानले केहीहदसम्म बालविवाह रोकिए पनि पूर्ण रूपमा अन्त्यका लागि नीति र कानुनमा कडाइ गर्नुपर्छ ।”

बालविवाह सामाजिक विकृति र गलत प्रचलन भएकाले यसको अन्त्यका लागि संस्थाका तर्फबाट सबै सरोकार भएकासँग छलफल गर्ने गरिएको सङ्घका लेखा अधिकृत हेमन्त अवस्थीले बताउनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रमा किशोरकिशोरी र अभिभावकलाई लक्षित गरेर बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

मुलुकी अपराधसंहित ऐन, २०७४ ले २० वर्ष मुनिको विवाहलाई बालविवाह मानेको छ । तसर्थ २० वर्षभन्दा मुनिको विवाह स्वतः बदर हुने व्यवस्थासमेत उक्त ऐनमा उल्लेख छ । कसैले बालविवाह गरेमा तीन वर्ष कैद र रु तीस हजार जरीवानाको व्यवस्था उक्त ऐनमा गरिएको छ ।
—