१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’



अ+ अ-

पाल्पा। यौनजन्य दुर्व्यवहार रोकथाम तथा नियन्त्रणका लागि यहाँका दुई स्थानीय तहले ‘आचारसंहिता २०८२’ जारी गरेका छन् ।

रामपुर नगरपालिका र रम्भा गाउँपालिकाले कार्यस्थलमा हुने बढ्दो यौनजन्य दुर्व्यवहार रोकथाम गर्न आचारसंहिता जारी गरेका हुन् ।

महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले ‘सिफारिस प्रणाली कार्यविधि–२०८२’ ल्याएको छ ।

हिंसामा परेका महिला तथा बालबालिकालाई मनोसामाजिक सेवा, सुरक्षा, संरक्षण, स्वास्थ्य उपचार, कानुनी सहयोग, शिक्षा, पुनःस्थापना, परिवार मिलापलगायत सेवा उपलब्ध गराउने उद्देश्यले आंचरसहिता निर्माण गरी लागू गरिएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

स्थानीय सरकारलाई संविधानले अधिकार दिए पनि स्पष्ट कार्यविधि नहुँदा आफ्नै अधिकार क्षेत्रभित्रका काम गर्न कठिनाइ हुने गरेको उल्लेख गर्दै उहाँले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध न्याय दिन यस कार्यविधि ऐतिहासिक भएको उहाँले बताउनुभयो । नगरप्रमुख थापाका अनुसार हालसम्म रामपुर नगरपालिकाले १७ वटा ऐन, नौ वटा नियमावली र ७८ वटा कार्यविधि तयार गरेको छ ।

रम्भा गाउँपालिकाभित्रका जुनसुकै कार्यस्थलमा कुनै पक्षमाथि यौनजन्य दुर्व्यवहार भइहालेमा पीडित पक्षले उजुरी गर्न पाउने, उजुरी उपर कानुनी कारबाहीदेखि क्षतिपूर्तिसम्मको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनभयो । पालिकाभित्रका वडा कार्यालय, अस्पताल, स्वास्थ्य चौकीलगायत सङ्घसंस्था र सबैक्षेत्रमा आचारसंहिता लागू भएको उहाँको भनाइ छ ।

आचारसंहिताले कार्यस्थलको सेवाप्रवाह प्रभावकारी हुने, कर्मचारीको कामप्रतिको आत्मविश्वास बढ्ने भन्दै विशेषगरी महिला तथा युवा कर्मचारीलाई बढी फाइदा पुग्ने अध्यक्ष भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।  रासस




भर्खरै